समाचार

२०१८ को लागि इडिभी आवेदन आगामी मंगलबारबाट खुल्ने

काठमाडौं– अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन अर्को साता खुल्ने भएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार मंगलबार आश्विन १८ गते नेपाली समयअनुसार बिहान ९:४५ बजेटबाट आवेदन दर्ता गर्न सकिने छ ।असोज १८ गते खुल्ने डिभी कात्तिक २२ मा बन्द हुने छ ।

दूतावासले डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने कुरा उल्लेख गरेकाे छ । आफै डिभी भर्न चाहनोहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आदेवन भर्न सक्नेछन् । निवेदनकले २१ वर्ष भन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नु पर्ने छ ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यस वर्ष प्रयोग गर्न पाइने छैन । अनलाइनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णत पालना गर्नुपर्ने छ । डिभी भर्नका लागि फोटो खिच्दा चस्मा समेत लगाउनु हुँदैन । डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्छ । यही नम्बरका आधारमा तपाईंलाई चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ ।

प्रत्येक वर्ष खुल्ने डिभीमा नेपालीको आकर्षण उस्तै छ । समय समयमा डिभी चिट्ठा परेर अमेरिका पुगेका नेपालीको पीडादायी कथा पढेकाहरु समेत अमेरिका स्थायी बसोबास गर्न पाउने आशामा डिभी भर्ने गर्छन् ।

१२ असोज, २०७३ ।