समाचार

धादिङको मार्पाकमा बस दुर्घटना, १४ को मृत्यु

धादिङ–धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको धादिङका एसपी शरद खत्रीले जानकारी दिएका छन् । मृतकमध्ये पुरूष १० र महिला ४ जना रहेको उनले बताए । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् भने उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको एसपी खत्रीले जानकारी दिए ।साथै खहरेबाट उद्दारका लागि एम्बुलेन्स घटनास्थलगर्फ लागेको प्रहरीले बताएको छ ।