समाचार

नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण

काठमाडौं– नयाँ दिल्लीबाट काठमाडौँ आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा धुवाँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

दिल्लीबाट काठमाडौँका लागि उडेको उक्त एरबस नेपालको सीमानाबाट भित्र प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो। तत्कालै चालकदलले काठमाडौँस्थिति नियन्त्रण कक्षमा विमानमा धुवाँ देखिएको जानकारी गराएका थिए। त्यसपछि केही समयका लागि अन्य उडानहरु रद्ध गरेर उक्त विमानलाई अवतरण गराइएको थियो। यसक्रममा भुटान उड्न लागेको विमानलाई केहीबेरका लागि रोकिएको थियो।

‘आकस्मिक अवतरणका लागि अपनाउनुपर्ने सबै सावधानी अपनाएकोले विमान सुरक्षित अवतरण गर्न सफल भयो’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। लुम्बिनी नामाकरण गरिएको सो एयरबसमा चालकदलसहित १ सय ६३ जना यात्रु सवार थिए। विमानस्थलमा धुँवा देखिएको जानकारी आएपछि विमानस्थलमा धावनमार्ग खाली गरेर दमकल तयार गरिएको थियो। विमान सुरक्षित अवतरण भएपछि विमानको निगरानी प्राविधिकहरुले गरिरहेको जनाइएको छ।