समाचार

रोजगारीका लागि अफगानिस्तान र इराक खुलाइने

काठमाडौं–श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाइएको अफगानिस्तान र इराक चाँडो खुला गर्न लागिएको जानकारी दिएका छन्।

नेपाली कामदारका लागि अफगानिस्तान र इराक खुला गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने मन्त्री गुरुङले बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले निःशुल्क प्रवेशाज्ञा र टिकटको प्रणाली जनताको हितमा रहेकाले त्यसलाई लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले निःशुल्क आएको प्रवेशाज्ञामा विचौलियाले सोझा(सिधा कामदारसँग भित्रभित्रै रकम असुलेकामा त्यसको नियमन तथा अनुगमन गरिनेसमेत दाबी गरे।