समाचार

डा. केसीले नवौं पटक पनि थाले अनशन

काठमाडौं– चिकित्सा क्षेत्र सुधारको माग राख्दै लगातार अनशन बस्दै आएका डा. गोविन्द केसीले नवौं अनशन शुरु गरेका छन्। त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा।केसीले नवौं अनशन शुरु गरेका हुन्। यसअघि माग कार्यान्वयन गर्न एक हप्ताको समय दिएका थिए।

तर, अल्टिमेटम सकिदा समेत माग पूरा नभएको भन्दै अनशन थालेका हुन्। उनले चिकित्सा शिक्षा ऐन संसद्को यही अधिवेशनबाट पारित गरिनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोगको प्रक्रिया बढाउनुपर्ने

यस्तै, मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले निर्धारण गरेबमोजिम तथा पछिल्लो सम्झौताअनुसार कायम गर्दै पछिल्लो पटक निजी मडिकल कलेजका प्रतिनिधिहरुले बनाएका कथित समितिको निर्णय खारेज हुनुपर्ने भन्दै उनले अनशन थालेका छन्।

१० असोज, २०७३ ।