समाचार

कोरला नाका खोल्न कुटनीतिक पहल आवश्यकः मन्त्री गौचन

मुस्ताङ– वाणिज्य मन्त्री रोमी गौचन थकालीले कोरला नाका खोल्न सरकारले कुटनीतिक पहल थाल्नुपर्ने बताउनुभएको छ । मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला मुस्ताङ पुग्नुभएका गौचनले सरकारले कुटनीतिक पहल थाले अबको दुई बर्षभित्रै कोरला नाका खुल्ने दाबी गर्नुभयो ।
जोमसोम गाउँ मुखिया समाजले गरेको कार्यक्रममा गौंचनले  नेपाल र चीनबीच व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको मुस्ताङको कोरला नाका कहिले खुल्छ ? भन्ने सर्वाधिक चासो रहेका बेला  उहाँले नाकालाई दिर्घकालीन तरिकारले संचालनको वातावरण मिलाउन आफूले पहल गर्ने दाबी गर्नुभयो ।
उहाँले मुस्ताङ पर्यटनका लागि प्रचुर सम्भावना भएको जिल्ला भएको बताउदै कोरला नाकामार्फत भारत र चिनसँग व्यापार, पर्यटन विस्तार गरी दोहोरो फाईदा लिन सकिने बताउनुभयो । त्यसका लागि मुस्ताङ्को पूर्वाधार सडक विस्तार गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
मुस्ताङको सात दिने भ्रमणका क्रममा मन्त्री गौचनलाई जोमसोम गाउँ मुखिया समाज, युवा वर्ग, आमा समूह, विभिन्न स्कुल, कलेज, संघसंस्था र शिक्षक प्रतिनिधिलगायत मुस्ताङ्बासीले भव्य स्वागत गरेका थिए ।