समाचार

तत्काल माओवादी महाधिवेशन नहुने

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदासम्म माओवादीको महादिवेशन नहुने भएको छ। तत्काल महादिवेशन आयोजना गर्ने मितिबारेमा कुनै सम्भावना नरहेपछि माओवादीले महादिवेशन आयोजक समिति सदस्य घटाएर जाने निर्णय गरेको छ।

 करिब २ हजार ५ सय सदस्यीय समितिलाई व्यवस्थापन गर्न कठिन भएपछि माओवादी केन्द्रले समितिका सदस्यको संख्या कटौती गर्ने भएको हो।माओवादी केन्द्रको सचिवालयको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा आज वसेको बैठकमा छलफल भएको हो। पार्टी प्रवक्ता पम्फा भुषालले पार्टी एकतापछि सबैलाई समेट्ने प्रयास गर्दा महाधिवेशन आयोजक समितिको संख्या ठूलो भएको भन्दै बैठकमा यसको आकारबारे चर्चा भएको जानकारी दिइन्। भनिन्, ‘धारणा राख्ने धेरैजसो सदस्यले समितिलाई चुस्त दुरुस्त बनाउनुपर्ने सुझाव दिएका छन्।’ सदस्यहरुका सुझाव अनुसार नै बैठकले समितिको आकारबारे आवश्यक निर्णय लिने भनाइ भुसालको छ। बैठक भोलि ३ बजे पनि बस्ने छ।

सदस्य संख्या धेरै भएका कारण माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बस्न सकेको छैन । यही पुसमा गर्ने भनिएको महाधिवेशन पनि माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताको कारण जनाउँदै यसअगाडि नै स्थगित गरिसकेको छ ।
८ असोज, २०७३ ।