समाचार

आप्रवासी चढेको डुङ्गा पल्टिँदा तीसको मृत्यु

एजेन्सी– इजिप्टको उत्तरी तटीय क्षेत्रमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा ३० जनाको ज्यान गएको छ ।  इजिप्टको उत्तरी प्रान्त बेहैरानजिकै तटीय क्षेत्रमा करिब ६ सय व्यक्ति बोकेको सो डुङ्गा दुर्घटनाग्रस्त भएको बताइएको छ।
 
इजिप्टको सेख प्रान्तको कफ्रएल गाउँबाट इटालीतर्फ गैरकानुनी प्रवेशआज्ञा लिई बसाईसराईका लागि गइरहेका ती आप्रवासीको डुङ्गा दुर्घटना भएको थियो। सीमा सुरक्षा गार्डहरूले यस दुर्घटनामा परेका करिब १ सय व्यक्तिलाई उद्धार गरेका छन्। 
 
ती सीमा सुरक्षा गार्डहरूले तीस व्यक्तिको शवलाई निकालेको बताइएको छ। उद्धार गरी निकालिएका केही व्यक्तिलाई भने उपचारार्थ अस्पताल लगिएको छ ।