समाचार

प्रधानमन्त्री पत्नी सीताको शैलीले ‘प्रोटोकल’माथि प्रश्न ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने राजकीय भ्रमणको क्रममा छिमकी राष्ट्र भारतमा छन् । प्रधानमन्त्री  दाहालसंगै पत्नी सीता दाहाल पनि सँगै भ्रमणमा छन् । तर, सीताको उपस्थितिले मुलुकलाई नै गिज्याइरहेको अवस्था देखिएको छ र उनीबाट बेइज्जत हुने अवस्था समेत सिर्जना भएको छ । सामाजिक सञ्जालमा पनि सीताले मुलुकको बेइज्जत गरेको भन्दै एक तस्बिर भाइरल बनेको छ । 

प्रधानमन्त्रीको भ्रमणलाई विश्वले नियालीरहेको बेलामा  भेटघाटका तस्बिर र खबरले पनि धेरैकाे ध्यान केन्द्रीत गरेकाे छ । तर, सीताकाे ध्यान भने नगएको यही तस्बीरले प्रष्ट देखिएको छ । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्ड र उनकी धर्मपत्नी सीतालाई स्वागत गर्दा खिचिएकाे याे तस्बिरले कुटनीतिक मर्यादाको बेइज्जत मात्र होइन, तस्विर हेर्ने जो कोहीलाई वाक्क दिक्क बनाएको छ । तस्बिरमा मोदीले प्रधानमन्त्री दाहालसंग दह्रोसँग हात मिलाएर स्वागत गरेका छन् । छेउमा प्रधानमन्त्रीकी धर्मपत्नी सीता पनि छिन्, तर माेदीकाे साइडमा ।

दुई प्रधानमन्त्रीले कसिलोसँग हात मिलाउँदै सीताको दुईहात बाधेर अनौठो पारा देखाएकी छन् ।  उनले हात बाँधेर एकोहोरो अन्तैतिर हेर्नु,  कपडासमेत राम्ररी मिलाउन नसक्नु र भारतीय प्रधानमन्त्रीकाे साइडमा ‘प्रोटोकल’माथि प्रश्न खडा गरेको छ ?  यो तस्बिरले गलत अर्थ त दिएको छ नै उनी उभिएको स्थान समेत गलत हुँदा मुलुककाे बेइज्जत हुने काम भएकाे छ ।  फोटो देख्दा लाग्छ, मोदी र सीताले मिलेर प्रचण्डलाई स्वागत गरिरहेका छन् । 

यसअघि दाहाल प्रधानमन्त्री नियुक्त हुँदा लाजिम्पाटको निवासमा सामुहिक तस्बिर लिँदा समेत सीताको अनुहार यस्तै देखिन्थ्यो । त्यो बेला पनि सीताले अनुहार मिलाउन जान्नुभएन भनेर आलोचना भएको थियो ।