समाचार

लोकमानको फाइल बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौं– सर्वोच्च अदालतले सरकारलाई ७ दिनभित्र लोकमान नियुक्तिको फाइल नदिए कारबाही गर्ने चेतावनी दिएको छ । सर्वोच्च अदाललते लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दाको सक्कल फाइल फेला नपरेको भनेर सरकारले दिएको जवाफलाई गैरजिम्मेवारपूर्ण भनेको छ ।
साथै उसले पूर्व आदेश अनुसार फाइल नपठाए न्याय प्रशासन ऐन अनुसार कारबाही गर्ने फैसला समेत गरेको छ ।