समाचार

मुस्लिम समुदायले बकर ईद मनाउँदै

काठमाडौं– मुस्लिम धर्मावलम्वीले दास्रो ठूलो पर्व बकर ईद नेपालमा पनि धुमधामका साथ मनाइँदैछन् । नेपालमा रहेमा मुस्लिम धर्मावलम्वीले सामुहिक नमाज पढेर एक अर्कालाई इद मुवारक भन्दै शुभकामना आदनप्रदान गर्नुका साथै चौपायालाई कुर्वानी अर्थात बलि दिएर ईद मनाउँदैछन् । 

पशुबलिस्वरुप कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ । बकर ईदमा खसी, बोका, बाख्रा, राँगा, भैंसी, भेडा, ऊँटलगायतका जनावरको बलि अर्थात कुर्बानी दिने परम्परा छ । मुस्लिम समुदायका पाँच धार्मिक मान्यताअनुसार हज गर्नु एउटा हो । रमजान जस्तो कठोर व्रत बस्न नपर्ने यो पर्व इदुलफित्रको ७० औं दिनामा मनाइन्छ । 

इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको राखिदिएको धार्मिक किवदन्ती छ । त्यसैले बकर ईदमा चौपायको बलि दिने परम्परा चलिआएको बताइन्छ । बकर इदका अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ । यसैबी बकर ईदको अवसरमा राष्ट्रपति उपराष्ट्रपति, प्रधानमन्त्री लगायत दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।

२८ भदाै, २०७३ ।