न्युयोर्क

बुद्धजयन्तीको अवसरमा न्यूयोर्कमा भव्य कार्यक्रम

गौतम बुद्धको जन्मजयन्तीको अवसर  पारेर देश विदेशमा शनिबार भव्य कार्यक्रमको आयोजना गरिएका छन् । २५६० औं बुद्ध जयन्तीका अवसर पारेर अमेरिकामै बसोबास गर्दै आएका नेपालीहरुले विभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । उनीहरुले अमेरिकाका विभिन्न शहरमा शान्ति पदयात्रा, द्वीप प्रज्वलन तथा रक्तादान कार्यक्रमको आयोजना गर्दैछन् । न्यूयोर्कको ज्याक्सन हाईट्समा पनि भव्य कार्यक्रमको आयोजना हुँदैछ ।  विभिन्न  १५ वटा नेपाली संघ संस्थाहरुको विशेष पहलमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

जन्म जयन्तीका अवसरमा  बिहान १:०० बजेदेखि २ः३० बजेसम्म शेर्पा किदूक गुम्बा,  ४१–०१ ७५ स्ट्रीट ज्याक्सन हाईट्समा बौद्ध लामाहरुद्वारा पूजा आराधना गर्ने तयारी गरिएको छ । बुद्ध जयन्ती समारोहले बिहान ३ः३०–४ः०० गुम्बाबाट शान्ती पदयात्रा निकाल्ने छ भने ज्याक्सन हाईट्सकै डाईभर्सिटी प्लाजामा द्वीप प्रज्वलन लगायत विशेष कार्यक्रम गरिनेछ ।  त्यस्तै, मनाङ्ग समाज युएसएको पहलमा बिहान ९ः३०–४ः०० बजेसम्म अधिकार कार्यालय ७१–०७ उडसाईडमा रक्तदान कार्यक्रम गरिनेछ ।

हिमालयन बुद्धिस्ट कम्यूनिटी अफ नेपाल ईन युएसए, ह्योल्मो सोसाईटी अफ अमेरिका, युनाईटेड शेर्पा एशोसिएसन युएसए, मुस्ताङ्ग किदूक, गुरुङ (तमु) सोसाईटी युएसए इङ्क, तामाङ सोसाईटी अफ अमेरिका, वालुङ सोसाईटी अफ नर्थ अमेरिका, न्यू योर्क नेवा गुठी युएसए, मुगूम समाज युएसए, मनाङ्ग समाज युएसए, मगर एशोसोएसन युएसए इङ्क, ग्याल्सुम्दो सेवा संस्था इङ्का युएसए, मार्फा थकाली समाज युएसए, कर्मापा सर्भिस सोसाईटी युएसए इङ्क र शाक्य सेचेन एशोसिएसन न्यू योर्कलगायतले हरेक वर्ष बुद्ध जयन्तिका अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै आएका छन् । 

विश्वमा शान्ति फैलाउन बुद्धको योगादन र उनका उपदेश, चतुर आर्यसत्य, अष्टाङ्गिक मार्गको विशेष महत्व रहको छ । नेपाल सरकाले  बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा वृहत कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु र देश विदेशबाट आएका बौद्ध–विद्वानको उल्लेख्य सहभागिता रहेको छ ।