न्युयोर्क

न्यूयोर्कमा नेपाली संघीय समाज अमेरिकाको अन्तरक्रिया

न्युयोर्क । नेपाली संघीय समाज अमेरिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अमेरिकाको न्यूर्योकमा समाजका अध्यक्ष समिर महर्जनको सभापतित्वमा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राज्यको निर्माण, ऐतिहासिक पहिचानसहितको संघीयता र नयाँ संविधान अस्विकार्यताको सवाल विषयक रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा त्रिभुवन युनिभर्सिटीका उपप्राध्यापक मानवशास्त्री तथा कर्नेल युनिभर्सिटी अमेरिकाको पिएचडी क्यान्डियट डम्बर चेम्जोङ कार्यक्रमको मुख्य विषय प्रस्तोता हुनुहुन्थ्यो । कार्यक्रममा उहाँले नयाँ बनेको संविधानले २५० वर्षदेखि राज्यले विभेदमा पार्दै आएको नेपालका आदिवासी जनजाति, मधेसी, थारु, सिमान्तकृत तथा सिल्पी समुदायको अधिकार सुनिश्चित नभएको बताउनु भयो ।
समाजका उपाध्यक्ष विनोद पोमुले कार्यक्रममा स्वागत मन्तव्य दिदैँ संविधान शंसोधन आदिवासी मधेसको मात्र समस्या नभएर सम्पूर्ण नेपालीको समस्या रहेको बताउनु भयो । उहाँले नयाँ संविधानमा चित्त नबुझेको कुरा नेपाली जनताले उठाउन पाउनुपर्ने कुरा राख्नु भयो । यसैगरी फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले संसारमा रहेका आदिवासी जनजाति एक भएर संविधान संशोधन गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै किरात राई सोसाइटी अफ अमरेरिकाका बोर्ड अफ डाइरेक्टर मनु लोहरुङ राइले आदिवासी जनजाति दलित महिला पछाडि पर्नुको मूल कारण एकजुट भएर अगाडि बढ्न नसक्नु रहेको बताउनु भयो । संघीय लिम्वुानका सभापति विरेन्द्र हाङ लिम्बु, अमेरिकी इन तराई एसोसिएसनका (एन्टा) का प्रतिनिधि रणधिर शर्मा, संघीय समाज अमेरिकाका प्रमुख सल्लाहकार दुर्गा सुब्बा र सासाङ लामाको समेत उपस्थिति रहेको उक्त अन्तरक्रियाको समापनका क्रममा समाजका अध्यक्ष समिर महर्जनले आफ्नो हकअधिकारका लागि आदिवासी जनजातिहरु सक्षम र एकजुट भएर अगाडि बढ्नु बाहेक अन्य कुनै विकल्प नरहेको बताउनु भएको थियो ।
कार्यक्रमका संयोजक संघीय समाज अमेरिकाका उपाध्यक्ष श्रीमती आङछिरीङ शेर्पाले गर्नु भएको थियो । उक्त कार्यक्रम संघीय समाज अमेरिकाका महासचिव मनोज सिंहको सञ्चालनमा सम्पन्न भएको थियो ।