न्युयोर्क

मेरिल्याण्डमा यन्या पुन्ही सम्पन्न

न्यूयोर्क । नेवाः अर्गनाइजेसन अफ अमेरिका (एनओए)ले मेरिल्याण्डमा यन्या पुन्ही सम्पन्न गरेको छ । इन्द्र जात्रा पनि भनिने यो पर्व मेरिल्याण्डस्थित ब्ल्याक हिल्स रिजनल पार्कमा सेप्टेम्बर १७ मा भव्य रुपमा मनाईएको हो । उक्त जात्रामा गणेश, भैरब, कुमारीको नृत्य, पुलुकिसी र लाखे नाचसमेत प्रदर्शन गरिएको थियो । यन्या पुन्हीमा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो । यो पर्व नेवारहरुको ठूलो चाड मध्येको एक हो ।