मनमा रहेको कुरो नचलाइकन, नफिटिकन, फिल्टर नगरी फ्याट्टै भन्ने गणितशास्त्री, प्रोफेसर, डा.भद्रमान तुलाधर मेरा लागि केबल बाजे हुन । म लगायत केही सीमित ब्यक्तिहरु अझै पनि उनलाई ‘बाजे’नै भन्छौं । त्यो बाजे शब्दमा जुन आत्मियता छ्, त्यो ‘डा. साप’ शब्दमा भेटिन्न । किन हो, नेपाली चिकित्सकहरु एकआपसमा कुरा गर्दा आफ्ना हितैषी डा. मित्रहरुलाई नाम नलिएर ‘डाक्टर साप’ सम्बोधन गरी कर्मचारीय भाषामा बोल्छन् । बाजेसँगको मेरो चिनजान भूतपूर्व सोभियत संघको मास्को अर्थात मस्क्भा (रुसिहरुले मास्कोलाई मस्क्भा भन्छन्) स्थित जनमैत्री विश्वविद्यालयमा अध्ययनरत छंदा भएको हो । उक्त विश्वविद्यालय लुमुम्बा युनिभर्सिटीको नामले पनि चर्चित थियो । बाजे त्यतिबेला गणितशास्त्रमा पीएचडी गर्दै थिए भने म मानविकिमा मास्टर्स कोर्स गर्दै थिएँ । हाम्रो अध्ययनको बिषयहरु छेउ टुप्पो नमिले पनि हाम्रो मन मिल्थ्यो । गणितशास्त्रमा उनको डाक्टरी पाउने शोधपत्र डिफेण्ड गर्ने बेलामा म साहित्य र भाषा बिज्ञानको विद्यार्थी, कुहिरोको काग बनेर उनका गणितका सुत्रहरु डिस्प्ले गर्दै उनलाई मद्धत गर्दै थिएँ । काठमाडौं विश्वविद्यालयका संस्थापक प्रोफेशर भद्रमान तुलाधर, उक्त विश्वविद्यालयमै प्राध्यापनरत प्रोफेशर जंगव चौहान र म एउटै छात्रावासमा क्रमश दोस्रो, तेस्रो र चौथो तल्लाहरुमा बस्थ्यौँ । जंगव र म शोक न सुर्ता, भोक न भकारी भएर कक्षाहरु सिद्विएपछि कहिले छात्र संगठनको राजनीतिमा, कहिले चलचित्र, कहिले डिस्को थेक र कहिले दुई ब्लकको बिजुली पानी अड्डामा बरालिएर होस्टल आइपुगेपछि बल्ल भोक लागेको थाहा हुन्थ्यो । सारा दोकान बन्द भएको रात्रिकालिन समयमा थुप्रै रात पाउरोटी र चिया खाएर पनि सुतियो । तर समयैमा होस्टल पुगियो भने बाजेले पकाएको नेपाली पाराको औंलै चाटनु पर्ने मासुभात खान पाइन्थ्यो । बाजे कहाँ खाना खान जाने ट्रिक जंगवले मलाई सिकाएका थिएः ट्रिक बमोजिम म बाजेको कोठामा पुग्छु । हाम्रो संबाद यसरी हुन्थ्योः
म : बाजे ! तपाईंको भाँडाहरु माझी दिउँ ?
बाजे : भोक लागेपछि बल्ल मलाई सम्झ्यौ, होइन ?
म : (टाउको कन्याउँदै) २ ब्लकमा गिरी कहाँ गएको थिएँ
बाजे : ल ल पहिले खान खाउ, अनि माझे हुन्छ । (उनको मिठो घुर्की सुनिन्छ)
जंगव र मैले यो ट्रिक अपनाएर बाजे कहाँ थुप्रैचोटी खायौँ । बाजेले कहिले झर्को मानेनन, त्यसो त जाँगर चलेको बेला हाम्ले पनि बाजेलाई खुवाएका थियौँ । कुनैताका धरान क्याम्पसमा क्याम्पस चिफ भएका प्रोफेशर भद्रमान तुलाधरको उपनाम ‘बाजे’ कसरी रहन गयो भनि मैले मोडेल अस्पातलका अर्थोपेडिक डा. रोशन श्रेष्ठलाई रुसमा सोधेर ल्याएको थिएँ । रोशनजीका अनुसार उनी आँफैले मलाई तिमीहरुले बाजे भन्नु भनेका थिए अरे ! त्यति मात्र नभएर उनले मास्टर्स गर्ने बेला विश्वविद्यालयस्थित नेपाली संगीत मण्डलीका उनी नाइके थिए अरे ! तर उनले कुनै पनि mगकष्अब िष्लकतचगmभलत बजाएको र बोकेको कहिल्यै देखिन ।
आफ्नो बारेमा धेरै बोल्न नरुचाउने काठमाडौ विश्वविद्यालयका पूर्वरजिष्टार, डिन, प्रोफेशर भद्रमान तुलाधर नेपाली शैक्षिक जगतका गलकगलन जभचय हो भन्दा फरक नपार्ला । अमेरिकाको बष्टनस्थित विश्वमै नाम चलेको शिक्षण संस्था ःक्ष्त् मा भएको एउटा सेमिनारमा भाग लिन उहाँ अमेरिका आउनुभएको थियो र म नातीले भेट नगर्ने त कुरै भएन । उनलाई न्युयोर्कस्थित पोर्ट अथोरिटि स्टेशनमा भेट्दा उनी २० वर्ष अगाडि जस्तो थिए, त्यस्तै अवस्थामा देख्दा म त तीन छक्क परेँ । बाजे भन्ने कि ‘डाक्टर साप’ भन्ने ! म केही छिन अल्मलिएँ । बाजेले जित्यो र बाजे ! भनेर गल्र्याम्म अंगालो हालेँ । बाजेको श्रीमतीलाई पहिलो चोटी देखेको हुनाले बज्यै भन्न आँट आएन र भाउजु भनि सम्बोधन गरेँ । एक छिनपछि बाजेका अर्का साथी भौतिकशास्त्री डा.योग लिंग पनि स्टेशनमा उनलाई लिन आए । त्यही दिन गणितशास्त्री भद्रमान तुलाधरको न्युयोर्कको प्रसिद शैक्षिक संस्था ल्थ्ग् का गणितशास्त्री प्रोफेसर रघुनाथन श्रिनिवासनसँग भेटघाट कार्यक्रम रहेछ । उनको सा–साना सुटकेशलाई घिसार्दै हामी ल्थ्ग् गयौँ ।
भारतका पूर्वराष्ट्रपति अब्दुल कलामसँग मिल्दो जुल्दो प्रोफेशर श्रिनिवासन ज्ञानका खानी रहेछन भन्ने कुरा उनिसीतको एकछिनको बसाइमा थाहा पाइयो । बिगत ५० वर्षदेखि उनी ल्थ्ग् मा कार्यरत रहेछन । गणित बिज्ञानको भाषा हो भनेर उनले भनेका कुराहरु अझै पनि मैले सम्झिरहेको छु्रडा लिंगका साथी एकजना अमेरिकन बुद्धिष्ट पनि हामी साथै थिए । गाडी हाँक्दा समेत देब्रे हातमा माला जप्ने उनको धार्मिक आशक्ती मलाई हजम भएन, तर देश खाइ शेष भएका ति ब्यक्ति दिलदार र फरासिला थिए । न्युयोर्कको चार लाइने फराकिला सडकमा गाडी हाँकिरहँदा उनी एकै लाइनमा कहिल्यै बसेन । सानामा बाख्राको पुच्छर खाएको हुनुपर्छ उनले, दाहिने देब्रे दाहिने गरेर लाइन फेरि रहे र जान नहुने ठाउँमा पनि के के कागज देखाएर गाडी छिराएका थिए । बुद्ध धर्मसम्बन्धी म लामालाई भन्दा उनलाई बढी थाहा थियो र गाडीको क्यासेटमा पनि बुद्व धर्मका मन्त्रहरु बजाएका थिए र आफुले पनि भट्ट्याएका थिए । बाँच्नुपर्छ, अनेक थरिका मानिसहरु भेटिँदा रहेछन ।
मास्कोमा पीएडीमा अध्ययनरत छँदा नै प्रोफेशर भद्रमान तुलाधर सम्बोधन गरेर उनलाई अन्य देशबाट सेमिनारमा निम्तो आउथ्यो । आफ्नो अग्रजताको उनले कहिल्यै धमास देखाएनन् । अत्यन्तै लो प्रोफाइलमा रहे मास्को बसाइताका र अझै पनि त्यही लो प्रोफाइलमै बाँचिरहेको आभास मिल्छ । उनी काठमाडौं विश्वविद्यालयका संस्थापकहरु मध्य एक थिए । तर उनको चर्चा कहिल्यै सुनिएन् । सुरेशराज शर्मा एक्लोको मात्र नाम काठमाडौं विश्वविद्यालयसँग सधैँ जोडिएको पायौँ । सुरेशराजको पहल बिना त्रिभूवन विश्वविद्यालयलाई टक्कर दिन सक्ने काठमाडांै विश्वविद्यालय स्थापना गर्ने परिकल्पनाले मूर्त रुप लिन सक्दैन थियो भने भद्रमानहरु जस्ता जुझारु र समर्पण दिएर कार्य गर्ने शिक्षाविद्हरु बिना काठमाडौँ विश्वविद्यालयको स्तर अहिलेको अवस्थामा नहुन पनि सक्थ्यो । काठमाडौं भ्याली क्याम्पसलाई परिष्कृत गरी काठमाडौं विश्वविद्यालयमा पदोन्नति गराउनमा सुरेशराज एण्ड टिमलाई जस जान्छ ।
न्युयोर्कस्थित राष्ट्रसंघमा नेपालको स्थाई प्रतिनिधि श्री दुर्गा भट्टराईसीतको भेटको अवसरमा काठमाडौं भ्याली क्याम्पस काठमाडौं विश्वविद्यालयमा परिणत प्रक्रियाबारे दुर्गा भट्टराईले प्रोफेसर भद्रमानसँग जिज्ञासा राख्नु हुँदा उहाँले गजब उदाहरण दिनुभएको थियो ः ‘काठमाडौ भ्याली क्याम्पस सिद्धार्थ गौतम थियो भने काठमाडौ विश्वविद्यालय भगवान बुद्व हो । गणितशास्त्री भद्रमान तुलाधर उनको शैक्षिक अभियानबारे उनिसित बिस्तारमा बात मारेर एउटा गतिलो लेख लेखुँला भनेर उनी न्युयोर्क आउनुभन्दा पहिले नै सोचिरहेको थिएँ । तर उनको ब्यस्तताले गर्दा राम्ररी कुरो गर्नै पाइएन । उनी हरहमेसा आइप्याडमा ब्यस्त थिए । ज्याकशन हाइटमा कमला गौचन कहाँ न्युयोर्केली थकाली खाना चखाउने बिचार थियो, त्यो बिचारैमा सीमित भयो । त्यसको बदली म्यानहाटनमा कोरियाली भोजनालयमा नमिठो, महँगो, शाकाहारी खाना पो खाइयो । बाजेसँग उहाँ हिँड्ने दिन भेट्ने योजना थियो । म काम बिशेषले न्युयोर्कको अर्को कुनोमा पुगेको थिए । मेरो मोबाइलको सिगनल गायब थियो । मैले उहाँसँग सम्पर्क गर्न सकिन । त्यो आइतवारको दिन अरु कसैको लागि छुट्याएको रहेछु भन्ने कुरो को जानकारी अबेर रातमा पाएँ । आफ्नो गणितीय ज्ञान बाँड्न, बाजे फेरि फेरि पनि अमेरिका आउँदै गर्नु हुनेछ भन्ने मलाई लाग्या छ । अर्कोचोटी उनको हातमा आइप्याड देखें भने हड्सन नदिमा फालिदिनेछ ।
lama_sasang@yahoo.com
मनमा रहेको कुरो नचलाइकन, नफिटिकन, फिल्टर नगरी फ्याट्टै भन्ने गणितशास्त्री, प्रोफेसर, डा.भद्रमान तुलाधर मेरा लागि केबल बाजे हुन । म लगायत केही सीमित ब्यक्तिहरु अझै पनि उनलाई ‘बाजे’नै भन्छौं । त्यो बाजे शब्दमा जुन आत्मियता छ्, त्यो ‘डा. साप’ शब्दमा भेटिन्न । किन हो, नेपाली चिकित्सकहरु एकआपसमा कुरा गर्दा आफ्ना हितैषी डा. मित्रहरुलाई नाम नलिएर ‘डाक्टर साप’ सम्बोधन गरी कर्मचारीय भाषामा बोल्छन् । बाजेसँगको मेरो चिनजान भूतपूर्व सोभियत संघको मास्को अर्थात मस्क्भा (रुसिहरुले मास्कोलाई मस्क्भा भन्छन्) स्थित जनमैत्री विश्वविद्यालयमा अध्ययनरत छंदा भएको हो । उक्त विश्वविद्यालय लुमुम्बा युनिभर्सिटीको नामले पनि चर्चित थियो । बाजे त्यतिबेला गणितशास्त्रमा पीएचडी गर्दै थिए भने म मानविकिमा मास्टर्स कोर्स गर्दै थिएँ । हाम्रो अध्ययनको बिषयहरु छेउ टुप्पो नमिले पनि हाम्रो मन मिल्थ्यो । गणितशास्त्रमा उनको डाक्टरी पाउने शोधपत्र डिफेण्ड गर्ने बेलामा म साहित्य र भाषा बिज्ञानको विद्यार्थी, कुहिरोको काग बनेर उनका गणितका सुत्रहरु डिस्प्ले गर्दै उनलाई मद्धत गर्दै थिएँ । काठमाडौं विश्वविद्यालयका संस्थापक प्रोफेशर भद्रमान तुलाधर, उक्त विश्वविद्यालयमै प्राध्यापनरत प्रोफेशर जंगव चौहान र म एउटै छात्रावासमा क्रमश दोस्रो, तेस्रो र चौथो तल्लाहरुमा बस्थ्यौँ । जंगव र म शोक न सुर्ता, भोक न भकारी भएर कक्षाहरु सिद्विएपछि कहिले छात्र संगठनको राजनीतिमा, कहिले चलचित्र, कहिले डिस्को थेक र कहिले दुई ब्लकको बिजुली पानी अड्डामा बरालिएर होस्टल आइपुगेपछि बल्ल भोक लागेको थाहा हुन्थ्यो । सारा दोकान बन्द भएको रात्रिकालिन समयमा थुप्रै रात पाउरोटी र चिया खाएर पनि सुतियो । तर समयैमा होस्टल पुगियो भने बाजेले पकाएको नेपाली पाराको औंलै चाटनु पर्ने मासुभात खान पाइन्थ्यो । बाजे कहाँ खाना खान जाने ट्रिक जंगवले मलाई सिकाएका थिएः ट्रिक बमोजिम म बाजेको कोठामा पुग्छु । हाम्रो संबाद यसरी हुन्थ्योः
म ः बाजे ! तपाईंको भाँडाहरु माझी दिउँ ?
बाजे ः भोक लागेपछि बल्ल मलाई सम्झ्यौ, होइन ?
म ः (टाउको कन्याउँदै) २ ब्लकमा गिरी कहाँ गएको थिएँ
बाजे ः ल ल पहिले खान खाउ, अनि माझे हुन्छ । (उनको मिठो घुर्की सुनिन्छ)
जंगव र मैले यो ट्रिक अपनाएर बाजे कहाँ थुप्रैचोटी खायौँ । बाजेले कहिले झर्को मानेनन, त्यसो त जाँगर चलेको बेला हाम्ले पनि बाजेलाई खुवाएका थियौँ । कुनैताका धरान क्याम्पसमा क्याम्पस चिफ भएका प्रोफेशर भद्रमान तुलाधरको उपनाम ‘बाजे’ कसरी रहन गयो भनि मैले मोडेल अस्पातलका अर्थोपेडिक डा. रोशन श्रेष्ठलाई रुसमा सोधेर ल्याएको थिएँ । रोशनजीका अनुसार उनी आँफैले मलाई तिमीहरुले बाजे भन्नु भनेका थिए अरे ! त्यति मात्र नभएर उनले मास्टर्स गर्ने बेला विश्वविद्यालयस्थित नेपाली संगीत मण्डलीका उनी नाइके थिए अरे ! तर उनले कुनै पनि mगकष्अब िष्लकतचगmभलत बजाएको र बोकेको कहिल्यै देखिन ।
आफ्नो बारेमा धेरै बोल्न नरुचाउने काठमाडौ विश्वविद्यालयका पूर्वरजिष्टार, डिन, प्रोफेशर भद्रमान तुलाधर नेपाली शैक्षिक जगतका गलकगलन जभचय हो भन्दा फरक नपार्ला । अमेरिकाको बष्टनस्थित विश्वमै नाम चलेको शिक्षण संस्था ःक्ष्त् मा भएको एउटा सेमिनारमा भाग लिन उहाँ अमेरिका आउनुभएको थियो र म नातीले भेट नगर्ने त कुरै भएन । उनलाई न्युयोर्कस्थित पोर्ट अथोरिटि स्टेशनमा भेट्दा उनी २० वर्ष अगाडि जस्तो थिए, त्यस्तै अवस्थामा देख्दा म त तीन छक्क परेँ । बाजे भन्ने कि ‘डाक्टर साप’ भन्ने ! म केही छिन अल्मलिएँ । बाजेले जित्यो र बाजे ! भनेर गल्र्याम्म अंगालो हालेँ । बाजेको श्रीमतीलाई पहिलो चोटी देखेको हुनाले बज्यै भन्न आँट आएन र भाउजु भनि सम्बोधन गरेँ । एक छिनपछि बाजेका अर्का साथी भौतिकशास्त्री डा.योग लिंग पनि स्टेशनमा उनलाई लिन आए । त्यही दिन गणितशास्त्री भद्रमान तुलाधरको न्युयोर्कको प्रसिद शैक्षिक संस्था ल्थ्ग् का गणितशास्त्री प्रोफेसर रघुनाथन श्रिनिवासनसँग भेटघाट कार्यक्रम रहेछ । उनको सा–साना सुटकेशलाई घिसार्दै हामी ल्थ्ग् गयौँ ।
भारतका पूर्वराष्ट्रपति अब्दुल कलामसँग मिल्दो जुल्दो प्रोफेशर श्रिनिवासन ज्ञानका खानी रहेछन भन्ने कुरा उनिसीतको एकछिनको बसाइमा थाहा पाइयो । बिगत ५० वर्षदेखि उनी ल्थ्ग् मा कार्यरत रहेछन । गणित बिज्ञानको भाषा हो भनेर उनले भनेका कुराहरु अझै पनि मैले सम्झिरहेको छु्रडा लिंगका साथी एकजना अमेरिकन बुद्धिष्ट पनि हामी साथै थिए । गाडी हाँक्दा समेत देब्रे हातमा माला जप्ने उनको धार्मिक आशक्ती मलाई हजम भएन, तर देश खाइ शेष भएका ति ब्यक्ति दिलदार र फरासिला थिए । न्युयोर्कको चार लाइने फराकिला सडकमा गाडी हाँकिरहँदा उनी एकै लाइनमा कहिल्यै बसेन । सानामा बाख्राको पुच्छर खाएको हुनुपर्छ उनले, दाहिने देब्रे दाहिने गरेर लाइन फेरि रहे र जान नहुने ठाउँमा पनि के के कागज देखाएर गाडी छिराएका थिए । बुद्ध धर्मसम्बन्धी म लामालाई भन्दा उनलाई बढी थाहा थियो र गाडीको क्यासेटमा पनि बुद्व धर्मका मन्त्रहरु बजाएका थिए र आफुले पनि भट्ट्याएका थिए । बाँच्नुपर्छ, अनेक थरिका मानिसहरु भेटिँदा रहेछन ।
मास्कोमा पीएडीमा अध्ययनरत छँदा नै प्रोफेशर भद्रमान तुलाधर सम्बोधन गरेर उनलाई अन्य देशबाट सेमिनारमा निम्तो आउथ्यो । आफ्नो अग्रजताको उनले कहिल्यै धमास देखाएनन् । अत्यन्तै लो प्रोफाइलमा रहे मास्को बसाइताका र अझै पनि त्यही लो प्रोफाइलमै बाँचिरहेको आभास मिल्छ । उनी काठमाडौं विश्वविद्यालयका संस्थापकहरु मध्य एक थिए । तर उनको चर्चा कहिल्यै सुनिएन् । सुरेशराज शर्मा एक्लोको मात्र नाम काठमाडौं विश्वविद्यालयसँग सधंै जोडिएको पायौँ । सुरेशराजको पहल बिना त्रिभूवन विश्वविद्यालयलाई टक्कर दिन सक्ने काठमाडांै विश्वविद्यालय स्थापना गर्ने परिकल्पनाले मूर्त रुप लिन सक्दैन थियो भने भद्रमानहरु जस्ता जुझारु र समर्पण दिएर कार्य गर्ने शिक्षाविद्हरु बिना काठमाडौँ विश्वविद्यालयको स्तर अहिलेको अवस्थामा नहुन पनि सक्थ्यो । काठमाडौं भ्याली क्याम्पसलाई परिष्कृत गरी काठमाडौं विश्वविद्यालयमा पदोन्नति गराउनमा सुरेशराज एण्ड टिमलाई जस जान्छ ।

Comments