न्युयोर्क

अमेरिकीहरुकै वेदना यस्तो (फोटो फिचर)

न्यूयार्क । विश्वको शक्तिशाली मुलुक अमेरिका । विश्वका गरिव मुलुकको अभिभावकत्व समेत लिन तयार हुने अमेरिकाले गरिब तथा अल्पविकसित मुलुकका लागि दाताको रुपमा आर्थिक तथा प्राविधिक सहयोग समेत प्रदान गर्दै आएको छ ।

तर, अरुका लागि दाता र सहयोगी भए पनि आफ्नै मुलुकमा भएका गरीब, असहाय र अभावमा बाँचेकाहरुको पीडाप्रति भने बेखबर जस्तै बनेको एक समाचारले देखाएको छ ।

अग्रेजी पत्रिका डेली मेलले जनाए अनुसार अमेरिकाको लास बेगास नामक सहरमा बस्ने नागरिक पीडा निकै नै दर्दनाक छ । उनीहरु आवास क्षेत्र भनेको सुरुङ हो । चरम आर्थिक अभावमाका कारण उनीहरु सुरुङभित्र बस्न बाध्य हु“दा घाम समेत देख्न पाउँदैनन् ।

उक्त सहरमा म्यूजिक इन्डस्ट्री र हलिउडसँग जोडिएका मानिसहरु पनि बस्ने गरेको समाचारमा उल्लेखे छ । खबरका अनुसार त्यस सुरुङ भित्र बस्नु खतरनाक पनि उत्तिकै छ । सहरमा पानी पर्ने वित्तिकै सुरुङमा बाढी आउने हुँदा उनीहरु थप संकट झेल्न बाध्य हुन्छन् ।

उक्त सुरुङभित्र बस्ने मानिसहरुको संख्या धेरै नै रहेको समाचारमा जनाइए पनि आधिकारिक तथ्यांक कति हो उल्लेख छैन । त्यहाँ बस्ने मानिसहरुले कयौं पटक सरकारलाई आफ्ना समस्याको बारेमा जानकारी गराइसकेको भए पनि त्यसको कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।


डेलीमेलबाट साभार तस्वीरहरुः