न्युयोर्क

उधौली साकेलाको तयारी शुरु

न्यूयोर्क । संसारका विभिन्न मुलुकहरुबाट अमेरिकामा बसोबास गरीरहेका सम्पूर्ण किरात–राई जातिहरुले उधौली साकेलाको तयारी शुरु गरेका छन् । केही दिन अघिमात्र उभौली साकेलामा रमेका किरता–राईहरुले आगामी जून ५ तारिखमा उधौली साकेला भव्यरुपमा मनाउने निर्णय गरेका हुन् ।

सन २००३ मा अमेरिकामा स्थापना भएको किरात राई जातिहरुको जातीय संस्था किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए)को मूख्य आयोजनामा क्विन्स ब्रिज पार्कमा उधौली साकेला मनाउन लागिएको हो । केआरएसएले पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रममा सपरिवार सहभागी हुन अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुलाई आमन्त्रण गरेको छ ।

आफ्नो कला संस्कृतिको जगेर्ना, मौलिक पहिचान र आफूहरको संस्कारलाई निरन्तरता दिन उनीहरुले विभिन्न चाड पर्वहरु मनाउँदै आएका छन् । पछिल्लो समय नयाँ पुस्ताका युवाहरु धर्म–संस्कृति, मौलिक परम्पराबाट टाढा रहन थालेपछि आफ्नो कला संस्कृति कतै लोप हुने पो हो कि भन्ने पिरलोले उनीहरुलाई सताउने गरेको छ । र, चिन्तित पनि त्यत्तिकै बन्न थालका छन् । विदेशमा व्यस्त जिवन विताइरहँदा पनि आफ्नो मौलिक पहिचानलाई जिवन्तता दिन उनीहरु केही कसर बाँकी राख्दैनन् । सोहीअनुरुप उनीहरुले आफ्नो संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभिप्रायले यी र यस्तै कार्यक्रम हरेक वर्ष गर्दै आएका छन् ।

किरात जातिको समृद्धि, उन्नति, प्रगति, आपसी भाइचार, भाषा–भेषभूषा, कला–संस्कृति र साहित्य तथा लिपीको संरक्षण समवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष उधौली–उभौली साकेला मनाउँदै आएको ‘केआरएसए’का अध्यक्ष चन्द राइले बताए । किरात राईहरुले प्रत्येक वर्ष, वर्षको दुई पटक साकेला उभौली र उधौली पर्व अमेरिकामा धुमधामका साथ मनाउँदै आएका छन् ।


के हो उभौली–उधौली पर्व ?

किरात राईहरुको महत्वपूर्ण चाँड हो ‘उभौली–उधौली’ पर्व । बैशाख पूर्णिमादेखि एक महिनासम्म उभौली मनाइन्छ भने मंशिर पूर्णिमादेखि एक महिनासम्म उधौली पर्व । प्रकृति पूजक र पितृपूजक किरातहरुले यी दुई पर्व भव्य रुपमा मनाउँछन् । कितारहरुका पर्व, संस्कार र परम्पराहरु प्रत्यक्षरुपमा प्रकृतिसँग जोडिएको हुनाले पनि उनीहरुको थप परिचय प्रकृति पूजक बन्न पुगेको हो ।

उधौली बाली नाली लगाउने समयमा मनाइन्छ । बाली–नाली लगाउँदा कुनै किसिमको प्राकृतिक प्रकोप नआओस्, बाढी पहिरो नजाओस्, आफूले लगाएको बाली–नाली सप्रियोस् र बाली लगाउँदा पितृले दोष दिएर कसैमा पनि दुःख बिमार नहोस् भन्ने मनसायले पितृ र प्रकृतिको पूजा (मुन्धुमी) प्रक्रिया अनुरुप साकेला सिली नाच्दै उधौली मनाइन्छ ।

त्यस्तै, उभौली पर्व बाली–नाली भित्र्याउने समयमा मनाइन्छ । आफूले लगाएको बाली नाली पाक्यो, अन्नबाली खेत–बारीबाट घर भित्रयाउने बेला भयो, बाली–नाली भित्र्याउने क्रममा कुनै किसिमको हावा हुण्डरी, असिना पानी नआइकन सहजरुपमा भित्रयाउन सकियोस् भन्ने कामनाले प्रकृतिको पूजा गरी उभौली मनाइन्छ । बाली भित्रयाउने प्रक्रियासँगै घर–घरमा सह बास्, श्रीवृद्धि होस्, अन्न–पानीको कमी कसैले भोग्न नपरोस् भन्दै प्रकृति र पितृसंग बल विन्ती माग्ने मुन्धुमी प्रक्रिया उभौली हो ।

 

चन्द्र राईको अध्यक्षतामा ‘केआरएसए’ को नयाँ नेतृत्व चयन

न्यूयोर्क । किरात राई जातिहरुको जातीय संस्था किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए)को हालै कोलोराडोमा सम्पन्न केन्द्रीय महाधिवेशनले चन्द्र राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
यही मे २१–२२ तारिखमा कोलोराडोमा सम्पन्न भएको केआरएसएको केन्द्रीय महाधिवेशनले ७ सदस्यीय बोर्ड कमिटि चयन गरेको छ भने ११ सदस्यीय एक्ज्युकेटिभ कमिटि चयन गरेको हो । नवनिर्वाचित बोर्ड र कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

बोर्ड समितिमा रहनुभएका पदाधिकारीहरुको नामावलीः

१. श्री प्रमोद थुलु्ङ (न्यूयोर्क)– बोर्ड चेयर
२. श्री रामकुमार राई (न्यूयोर्क)– बोर्ड अफ डाइरेक्टर
३. श्री भारती राई (न्यूयोर्क)–         ,,    ,,
४. श्री आकाश राई (कोलोराडो)        ,,    ,,
५. श्री प्रताप राई (न्यूयोर्क)            ,,    ,,
६. श्री भिम क्षितिज कुलुङ (कोलोराडो)    ,,    ,,
७. श्री नितु खापुङ (केन्टकी)        ,,    ,,


कार्य समितिमा रहनुभएका पदाधिकारीहरुको नामावलीः
१. श्री चन्द्र राई (कोलोराडो)– अध्यक्ष
२. श्री खगेन्द्र राई (न्यूयोर्क)– बरिष्ठ उापाध्यक्ष
३. श्री फणिन्द्र राई (क्यालिफोर्निया)– उपाध्यक्ष
४. श्री निला राई (न्यूयोर्क)– महासचिव
५. श्री मार्कस राई (न्यूयोर्क)– सचिव
६. श्री डेगाना राई (कोलोराडो )– कोषाध्यक्ष
७. श्री दिवस राई (कोलोराडो)– सह–कोषाध्यक्ष
८.श्री चन्दा राई (न्यूयोर्क)– सदस्य
९. श्री मनु लोहोरुङ (न्यूयोर्क)–सदस्य
१०. श्री सुमन नाछिरिङ (न्यूयोर्क)–सदस्य
११. श्री गौतम सागर राई (कोलोराडो)–सदस्य