विश्व

ग्यास प्लान्टमा आईएसले हमला गरेका दाबी

काठमाडौं । (एजेन्सी)– इराक़ी अधिकारिहरुले बताए अनुसार चरमपंथी संगठन इस्लामिक स्टेटले इराकको  राजधानी बग़दादको उत्तरी इलाकामा  एक ग्याँस प्लान्टमा आत्मघाती हमला गरेका छन्। हमलाकारीले ताज़ी शहरमा एक सरकारी ग्याँस प्लान्टको गेटमा तीनवटा कारलाई बमले उडाईदिएका थिए । त्यसपछि ६ बन्दुकधारीहरु विस्फोटक बेल्ट बोकेर भित्र प्रवेश गरेका थिए ।

सुरक्षा सुत्रका अनुसार त्यहाँ भएको भिडन्तमा १४ जनाको मृत्यु भएको र २० जना घाईते भएको जनाइएको छ । सुरक्षाबलको भनाई अनुसार इराकी लड़ाकु विमानबाट जवाफी कारवाही गरिएको छ । चरमपंथी संगठन इस्लामिक स्टेटले  हमलाको जिम्मेवारी लिएको छ ।