विश्व

अमेरिकामा नाङ्गाे व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार, चारको मृत्यु

अमेरिका, १० बैशाख । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्न रूपमा आएको बन्दुकधारीले रेष्टुरेन्टबाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ।
घटनामा कम्तीमा तीन जना घाइते भएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार आक्रमणकारीको गोली लागी दुई जनाको घटनास्थलमा, एक जना प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र एक जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको छ।
आक्रमणकारीलाई घटनास्थलसम्म पुर्‍याएको गाडी २९ वर्षीय ट्राभिस रेङ्किङको नाममा दर्ता रहेको र घटनामा संलग्नता भएको आशङ्कामा उक्त व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको छ। तर घटनाबारे जानकारी गराउँदै वाफल हाउस, ३५७१ मफरिसबोरो पाइकमा परिचय नखुलेको नाङ्गै आएको एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको र तीन जना घाइते भएका प्रहरीले ट्वीटरमार्फत जानकारी गराएको छ।
अाक्रमणकारीको हतियार रेष्टुरेन्टका एक जना लगानीकर्ताले खोसेपछि उक्त व्यक्ति खाली खुट्टा भागेको बताइएको छ।