विश्व

६ जना तालिबानी लडाकुलाई फाँसीको सजाय

अफगानिस्तान। अफगानिस्तानमा ६ जना तालिबानीलाई फाँसीको सजाय सुनाइएको छ । कैदी जीवन विताइरहेका ६ जना तालीवानी लडाकुलाई त्यहाँको सरकारको फाँसीको सजाय सुनाएको हो ।
सन् २०१४ मा अशरफ घानी राष्ट्रपति बनेपछि तालिबान कैदीलाई फाँसी दिइएको यो पहिलो पटक हो । नागरिक तथा सार्वजनिक सुरक्षामा गम्भीर अपराध गरेको आरोपमा ६ तालिबान लडाकु कैदीलाई फाँसी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गएको महिना राजधानी काबुलमा तालिबानको आक्रमणमा परि ६४ जनाको ज्यान गएपछि राष्ट्रपति घानीले तालिबानलाई कडा जवाफ दिने बताएका थिए । उनले तालिबान बिद्रोहीका लडाकुलाई कानुन अनुसार कारबाही गर्ने र त्यसमा फाँसी पनि हुनसक्ने बताएका थिए ।
सन् २०११ मा राष्ट्रपति बुरहानुद्दिन रब्बानीको हत्यामा संलग्न तालिबान कैदीलाई फाँसी दिइएको हो । फाँसी दिइएका व्यक्ति कानुन अनुसार दोषी पाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबिच तालिबानले हेलमण्ड प्रान्तको मुख्य शहर लश्कर गाहको प्रहरी नाकामा आक्रमण गरेको छ । तालिबानले दुई प्रहरी नाकामा आक्रमण गरेको र १५ जना सुरक्षा अधिकारी मारिएको दाबी गरेको छ । तर प्रहरीले भने १४ जना तालिबान लडाकु मारिएको जनाएको छ ।