विश्व

निशस्त्रीकरणको बाटोमा उत्तरकोरिया

काठमाडौं/एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफूले निशस्त्रीकरणका प्रयत्न गर्ने धारणा सार्वजनिक गरेका छन् । गत जुन महिनादेखि कम्तीमा पनि ६ पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको उत्तर कोरियाका नेताले पहिलो पटक निशस्त्रीकरणको धारणा सार्वजनिक गरेका हुन् ।

कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कांग्रेसको सम्बोधनका क्रममा उनले आफू अब निशस्त्रीकरणको बाटोमा लाग्ने धारणा सार्वजकिन गरेका हुन् ।

आणविक परीक्षणका कारण निकै विवादमा तानिएको उत्तर कोरियाको पछिल्लो अभिव्यक्तिलाई विश्वका शक्तिशाली राष्ट्रले सकारात्मकरुपमा लिएका छन् ।
 
नेता किमले उत्तर कोरियाले आणविक विकास र आर्थिक विकासको काम एकै पटक गरिरहेको बताए।  अहिलेको अवस्थामा र क्रान्तिकारी कारणले गर्दा देशमा आर्थिक विकासलाई पनि साथसाथै अघि बढाउन सजिलो नभएपनि गर्नु परेको उनको भनाइ छ ।
 
त्यस्तै, उनले दक्षिण कोरियालाई मुठभेडको मानसिकता त्याग्न समेत आग्रह गरेका छन् । विगतका अप्ठेराहरुलाई विर्सेर व्यवहारिक रुपमा सम्बन्ध सुधारको मार्गमा अघि बढ्न आग्रह गरेका छन् ।

सम्बन्ध सुधारका लागि वार्ता र सहमतिका माध्यमबाट अघि बढ्न सकिएमा यसले आगामी दिनमा सबैका लागि सहज हुने उनले बताए ।