विश्व

समुद्री सुरुङमाकुद्यो बुलेट ट्रेन

जापान । जापानले आफ्नो उत्तरी द्वीप होकाइदोका लागि राजधानी टोक्योबाट बुलेट ट्रेन सञ्चालनमा ल्याएको छ । शनिवार राजधानी टोक्योबाट होकाइदो द्वीपको सिन-होकादेत-होकुतो शहरका लागि पहिलो पटक बुलेट ट्रेन छुटेको हो ।
 
जापानले यो प्रोजेक्टको थालनी सन् १९७३ मा जापानमा बुलेट ट्रेन कुद्न चल्न सुरु भएको ९ सालपछि भएको थियो ।
 
तर यो प्रोजेक्ट जापानमा चरम आर्थिक मन्दी भएपछि सन् १९८२ मा स्थगित हुन पगेको थियो ।
संसारको सबैभन्दा लामो समुद्री सुररुङ छिचोल्दै यहाँ बुलेट ट्रेन गुड्न थालेको हो । टोक्योबाट होकुतोसम्मको लम्बाई १४५ किलोमिटर रहेको छ। जसमा ५३ किलोमिटर लामो सेइकेन सुरुङ पनि सामेल रहेको छ ।
 
यो संसारको सबैभन्दा लामो समुद्री सुरुङ हो । होकाइदो द्वीप बुलेट ट्रेनबाट जोडिएपछि यस इलाकामा पर्यटकको संख्या बढ्ने आशा जापानले गरेको छ ।
 
यहाँ २६० किलोमिटर प्रतिघन्टाका दरले बुलेट ट्रेन कुद्नेछ । यो प्रोजेक्ट पुरा गर्न जापानले करिब साढे पाँच सय अर्ब नेपाली रुपैयाँ खर्च गरेको हो ।