विश्व

सैन्य शक्तिमा काे कति शक्तिशाली ?

काठमाडाैं, २८ फागुन । सैन्य/सुरक्षा शक्तिको सुचकांकमा भारत विश्वमै चौथो (फौज) नम्बरमा पुगेको छ । विश्वभरका सुरक्षा शक्तिको विश्लेषण गर्दै आएको संस्था ‘ग्लोबल पावर इन्डेक्स’ को रिपोर्टले भारतलाई उदाउँदो सैन्य शक्तिको रुपमा देखाएको हो । 
युद्ध हतियार र सशस्त्र बलको आधारमा भारत अब अमेरिका, रुस र चीनभन्दामात्रै पछि छ । जबकी भारतले फ्रान्स र ब्रिटेनलाई पछि पारेको छ । 
यसअघि ‘ग्लोबल पावर इन्डेक्स’ ले सन् २०१७ मा सुरक्षा शक्तिको विश्लेषण गर्दा १ सय ३३ देशलाई समावेश गरेको थियो । २०१७ मा पहिलो सुरक्षा शक्तिको रुपमा स्थापित अमेरिका अहिले पनि पहिलो नम्बरमा कायम छ । 
रिपोर्ट सैन्य हतियारको विश्लेषण, परम्परागत हतियार र प्राविधिक उपकरणका आधारमा निकालिएको हो । यसमा परमाणु हतियारको शक्ति समावेश गरिएको छैन । 
पाकिस्तान १३ औं नम्बरमा 
बीबीसीका समाचारदाता शकील अख्तरका अनुसार नयाँ सुचीअनुसार सुरक्षा शक्तिको सुचकांकमा पाकिस्तान १३ औं नम्बरमा छ । सुरक्षा शक्तिलाई बढाउँदै लगेको पाकिस्तानले सन् २०१७ मा आफ्नो सुरक्षा शक्ति बढाएको थियो । योसँगै पाकिस्तानले शीर्ष १५ स्थानभित्र आफुलाई पारेको छ । 
सन् २०१७ सम्ममा अमेरिकाको रक्षा बजेट ५ सय ८७ अर्ब डलर थियो भने,चीनको १ सय ६१ अर्ब । चीनमा सक्रिय सैनिकको संख्या २२ लाख छ भने रिजर्ब सैनिक १४ लाख छन् । जो आवश्यक परेमात्रै प्रयोग गरिन्छन् । चीनसँग ३ हजार लडाकु विमान र साढे ६ हजार युद्ध ट्याङ्क छन् । त्यसो त चीन अमेरिका र रुसभन्दा पछाडी छ । चीनले आफ्नो बजेट बढाएको अवस्थामा उ दोस्रो स्थानमा पनि आउन सक्थ्यो । भारतको रक्षा बजेट ५१ अर्ब डलर थियो । 
भारतसँग १३ लाख जवान सक्रिय
‘ग्लोबल पावर इन्डेक्स’का अनुसार अमेरिकासंग १३ हजार जहाज छन् । जसमा लडाकु विमान र हेलिकप्टर पनि समेल छन् । चीनसँग ३ हजार लडाकु विमान छन् । 
भारतसँग लडाकु विमान दुई हजारभन्दा बढी छ । भारतसँग सक्रिय सैनिकको संख्या १३ लाख छ भने २८ लाख सञ्चित शक्ति छ । जसले आवश्यकतामा सेनाको सहयोग गर्न सक्छ । भारतसंग युद्ध ट्याङ्क ४ हजार ४ सय छ । युद्धपोतको संख्या ३ रहेको बताइएको छ । तीनमध्ये एक युद्धपोत समुद्रबाट निकालिएको छ ।
पाकिस्तानसँग छैन युद्धपोत
‘ग्लोबल पावर इन्डेक्स’ले जारी गरेको सूचीअनुसार विश्वकै तेस्रो सैन्य शक्तिमा स्थापित पाकिस्तानको रक्षा बजेट ७ अर्ब अमेरिकी डलर छ । पाकिस्तानसँग सक्रिय सैनिकको संख्या ६ लाख ३७ हजार छ भने ३ लाख सञ्चित फोर्स छ ।
हेलिकोप्टर र मालवाहक जहाज, लडाकु विमान १ हजार ,ट्याङ्कको संख्या तीन हजार छ भने युद्धपोत एउटा पनि छैन । 
तर समुद्री जहाज भने २ सयको संख्यामा छ । यो सूचीमा ८१ लाख जनसंख्या भएको इजरायल नवौं नम्बरमा छ । उसँग ६ सय ५० लडाक विमान र २ हजार ५ सय भन्दा बढी ट्याङ्क छन् ।  

नेपालको उपस्थिति कमजोर

सुरक्षा शक्तिको सुचकांकमा नेपाल भने ९७ औं स्थानमा छ । यो सुचकांकमा नेपाल दक्षिण एसियाकै कमजोर मुलुक हो । यो सूचीमा नेपाल सन् २०१४ मा ८४ औं स्थानमा थियो भने १५ मा ५४ औं स्थानमा । नेपालसँग ९५ हजार सक्रिय सैन्य शक्ति छ  भने सञ्चित क्षमता ६२ हजार । नेपालको रक्षा बजेट पनि अन्य देशको तुलनामा निकै कम छ । बीबीसीबाट