विश्व

शक्तिशाली बन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ

चीन, २८ फागुन । चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बन्ने भएका छन् । संविधानमा राष्ट्रपति पदमा बहाल रहने समयसीमासम्बन्धी व्यवस्था हटाइएसँगै उनी शक्तिशाली बन्ने भएका हुन् । दुइ कार्यकालमात्रै राष्ट्रपति पदमा बस्न पाउने देशको संवैधानिक व्यवस्थाको अन्त्य गर्ने संविधान संशोधनलाई आईतबार चिनियाँ संसद् नेसनल कांग्रेसले पारित गरेको छ ।
अव राष्ट्रपति सी अनिश्चित हालसम्म सत्तामा रहिरहन सक्ने सम्भावन बढेको छ ।