न्युयोर्क

किराँत याक्थुम चुम्लुङले मनायो १४ औं स्थापना दिवस

गोकुल श्रेष्ठ, न्यूयोर्क
किराँत याक्थुम चुम्लुङले संस्था स्थापनाको १४ औं वार्षिकोत्सव विशेष कार्यक्रम गरी मनाएको छ । 
न्यूयोर्कको क्वीन्स, ज्याक्सन हाईट्समा फेब्रुअरी २४ तारिखमा आयोजना गरिएको स्थापना दिवस कार्यक्रममा न्यूयोर्कमा रहेका सबैजसो आदिवासी जनजाति संस्थाका अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न संस्थाका अगुवाहरुले संस्थालाई शुभकामना दिंदै पहिचान रक्षा र संस्कृतिको जगेर्नामा खेलेको भूमिकाको सरहाना गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष मानबहादुर राना मगरले अमेरिकामा रहेका विभिन्न आदिवासी जनजाति संस्थाहरुले आफ्नो पहिचना र संस्कृतिको रक्षाका लागि हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले जनजाति संस्थाहरु भित्र नेपालको दलीय राजनीति हावी भएको भन्ने आरोपको बचाउ गर्दै पहिचानको मुद्दाको पक्षमा लडाई गर्दा जो कसैसँग पनि नजिक र टाढा हुनु स्वभाविक भएको बताउनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष दीपेश लिम्वुको सभापतित्वमा सम्पन्न भएको थियो ।  
अमेरिकामा बसोबास गरिरहेका लिम्बू समुदायका मानिसहरुलाई एकताबद्ध तथा उनीहरुको सामाजिक आर्थिक पृष्ठभूमि मजबुत बनाउने र लिम्बू पहिचान, संस्कृति, परम्परा, भाषा तथा चालचलनको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्य सहित किराँत याक्थुम चुम्लुङ अमेरिकाको स्थापना सन् २००४ मा तथा सन् २००६ मा ५०१ (सी) ३ अनुसार वैधानिक रुपमा दर्ता भए भएको थियो । त्यस्तै, समाजिक हितका लागि अन्य नेपाली तथा गैर नेपाली समुदायबीच सहकार्य तथा समन्वय गरी भाईचाराको विकास गर्न पनि किराँत याक्थुम चुम्लुङ अमेरिकाले भूमिका खेल्दै आएको छ ।

किराँत याक्थुम चुम्लुङ अमेरिकाको स्थापनाकाल देखि नै यस संस्थाले लिम्बू परम्परा तथा संस्कृतिको प्रवद्र्धन गर्न निरन्तर रुपमा चासोक तङ्नाम, केकफेवा तङ्नाम, वालिहाङ तङ्नाम तथा सिसेक्वा तङ्नाम लगायतका विभिन्न चाडपर्वमा हरेक वर्ष सँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । यस्ता अवसरमा केलाङ÷च्याब्रुङ नाच्ने तथा हाक्पारे, ख्याली, केसाम मुन्धुम तथा माङ्ग्हा भाकामा पालम गाउने प्रचलनलाई पनि किराँत याक्थुम चुम्लुङ अमेरिकाले संरक्षण गर्दै आएको छ ।
यसैबीच किराँत याक्थुम चुम्लुङ अमेरिकाले न्यु योर्क शहरमा दुई लिम्बू भाषाका ऐतिहासिक चलचित्रहरु प्रर्दशन गरिसकेको छः नेपाल जनजाती महासंघ अमेरिकाको सहकार्यमा कावा कोक्मा तथा चेसुङ ।

लिम्बू युवाहरुलाई प्रोत्साहन गर्न किराँत याक्थुम चुम्लुङ अमेरिकाले प्रथम मिस लिम्बूलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको थियो भने किराँत याक्थुम चुम्लुङ अमेरिका दोश्रो मिस लिम्बूको प्रमुख प्रयोजक पनि रहेको छ । त्यस्तै, किराँत याक्थुम चुम्लुङ अमेरिकाले एसएलसीमा बढि अङक ल्याउने गरिब तथा जेहेन्दार लिम्बू विद्ययाथीलाई हरेक वर्ष २० हजार रुपैयाँ प्रदान गर्नका लागि छात्रवृत्ति कोषको पनि स्थापना गरेको छ ।

किराँत याक्थुम चुम्लुङ अमेरिकाले लिम्बू संस्कृति, राजनीति तथा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन गर्न महेन्द्र लावती पीएचडी, डम्बर चेम्जोङ, पीएचडी, जनजातीको हकहितका लागि अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाउनु भएका शंकर लिम्बू लगायतका लिम्बू बुद्धिजिवी तथा ओम गुरुङ, पीएचडी, कृष्ण भट्टचन, पीएचडी तथा नेपाली लिम्बू मन्त्रि तथा सांसदहरु सँग पनि अन्तरक्रिया कार्यक्रमहरु गर्दै आएको छ । किराँत याक्थुम चुम्लुङ अमेरिकाले नेपालको लिम्बूवान अध्ययन केन्द्रबाट ५ लाख भन्दा धेरै रुपैयाँ पनि संकलन गरिसकेको छ ।
त्यस्तै, किराँत याक्थुम चुम्लुङ अमेरिकाले विभिन्न सामाजिक कार्यक्रमको आयोजना तथा आयोजित कार्यक्रममा सहभागी पनि हँुदै आएको छ । उदाहरणका लागि किराँत याक्थुम चुम्लुङ अमेरिकाले भूकम्प, पहिरो तथा बाढीबाट प्रभावित भएका मानिसहरुको सहयोगका लागि रकमहरु संकलन पनि गर्दै आएको छ । सन् २००८ मा किराँत याक्थुम चुम्लुङ अमेरिका अमेरिकामा रक्तदान कार्यक्रम आयोजना गर्ने पहिलो नेपाली संस्था बनेको थियो । त्यससता किराँत याक्थुम चुम्लुङ अमेरिकाले निरन्तर यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ । किराँत याक्थुम चुम्लुङ अमेरिका जनजाती सांस्कृतिक कार्यक्रम, गैर आवासीय नेपाली परेड, नेपाल दिवस परेड लगायतका कार्यक्रममा पनि सहभागी हुँदै आएको छ ।

किराँत याक्थुम चुम्लुङ अमेरिकाले हालसम्म ६ पटक साधारणसभाको आयोजना गरिसकेको छ भने यसको नेतृत्व ४ पटक फेरिसकेको छ जसमा तीन जना अध्यक्षहरुले सफलतापूर्वक आफ्नो जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएको छ ।

किराँत याक्थुम चुम्लुङ अमेरिका – नेपाल जनजाती महासंघ अमेरिकाको संस्थापक सदस्य पनि हो, त्यसताका यस संस्थालाई नेपाली जनजातीको विश्वव्यापी महासंघ भन्ने गरिन्थ्यो । किराँत याक्थुम चुम्लुङ अमेरिकाले यस संस्थामा सक्रिय भूमिका पनि निर्वाह गर्दै आएको छ ।