विश्व

कोस्टारिकामा विमान दुर्घटना, १२ जनाको मृत्यु

कोस्टारिका, १७ पुस । ल्याटिन अमेरिकी देश कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १० जना अमेरिकी पर्यटक रहेका छन् । यस्तै कोस्टारिकन पाइलट र को–पाइलट को पनि ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचजना एकै परिवारका रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
दुर्घटनामा विमानमा रहेका सबैको ज्यान गएको हो । विमान  दुर्घटना हुनुको कारण खुलेको छैन । विमान गुआनाकास्ते प्रान्तको बेखुको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो ।