विश्व

उत्तरकोरियाका अधिकारीमाथि अमेरिकामा प्रतिबन्ध

अमेरिका, १२ पुस । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रममा सहयोग गरेको आरोपमा दुई जना उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रममा सघाउने किम जोग सिक र रि प्योंग चोललाई अमेरिकाले प्रतिबन्ध लगाएको हो ।
परमाणु कार्यक्रमका लागि ठोस इन्धनबाट सञ्चालन हुने मिसाइल विकास गर्न यी दुई अधिकारीको हात रहेको ठहर अमेरिकाले गरेको छ । गत साता संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकले तयार पारेको प्रतिबन्धको सूचीमा यी दुई अधिकारीको नाम पनि सूचीकृत गरिएको थियो ।
उत्तर कोरियाले मिसाइल परीक्षण गर्दा उत्तर कोरियाका राष्ट्रपति कीम जोन उनका साथ यी दुई अधिकारीको पनि फोटो सार्वजनिक हुने गरेको छ । यसैबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले उत्तर कोरियामाथि दशौं प्रतिबन्ध लगाउने निर्णयअन्तर्गत पेट्रोलियम पदार्थ आयातमा ९० प्रतिशत कटौती गरेको छ ।(एजेन्सी)