न्युयोर्क

टाइम्स स्क्वायरमा बम विस्फोट, ५ घाइते

अमेरिका, २७ मंसिर । अमेरिकी शहर न्युयोर्कस्थित टाइम्स स्क्वाएर क्षेत्रमा बम बिष्फोट हुँदा ५ जना घाइते भएका छन् । टाइम्स स्क्वायरस्थित भुमिगत रेलमार्गमा बम बिष्फोट हुँदा ५ जना घाइते भएका हुन् । बम पुर्णरुपमा बिष्फोट नभएका कारण ठुलो मानवीय क्षति नभएको प्रहरिले जनाएको छ । आक्रमणकारि अकेयद उल्लाह नाम गरेका २७ बर्षीय बङ्गलादेशी नागरिक रहेको प्रहरिले खुलाएका छन् । बिष्फोटमा आक्रमणकारि सहित ५ जना घाइते भएका हुन् । घटना आतङ्ककारि आक्रमणको प्रयास रहेको प्रहरिले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरिले आक्रमणकारि बारे अनुसन्धान जारि राखेको छ । 
यसैबीच, अमेरिकी राज्य क्यालीफोर्नियाको दक्षिणी क्षेत्रमा फैलिएको डढेलो हालसम्म नियन्त्रणमा आएको छैन ।  क्यालिफोर्नीयाको दक्षिणी क्षेत्रहरु भेन्टुरा, सान्टा बार्बारा र सान डिगोमा गत सातादेखि डढेलो फैलिरहेको छ । डढेलोमा हालसम्म २ लाख ५० एकड जमिन क्षेत्रमा पूर्ण रुपमा क्षति भएको छ । एक हजार धन्दा बढी भौतिक संरचना ध्वस्त भएका छन् । 
डढेलोग्रस्त क्षेत्रका २ लाख भन्दा बढि स्थानीयहरु बिस्थापित भइसकेका छन् भने हाल बाँकी करिब १ लाख स्थानीयलाइ सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिइएको छ । सान डिगोमा भने डढेलो नियन्त्रणमा आइसकेको जनाइएको छ । सान डिगोमा मात्रै करिब १ सय घरहरु जलेर ध्वस्त भएका थिए ।