विश्व

बहिर्गमन खुसीसाथ स्वीकार

जिम्बावे, ११ मंसिर । जिम्बावेका बहिर्गमित राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो बहिर्गमनलाई खुसीसाथ स्वीकार गरेको उनको बताइएको छ । सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति पदबाट राजीनामा गर्न बाध्य भएका मुगाबेको स्वास्थ्य अवस्था पनि राम्रो रहेको उनका भान्जाले जानकारी दिएका हुन् ।
राजीनामासँगै जिम्बावेमा मुगाबेको ३७ वर्ष लामो शासनकाल अन्त्य भएको छ भने अर्का नेतालाई राष्ट्रपति बनाइसकिएको छ। 'उहाँलाई सब ठिक छ, मैले उहाँलाई राम्रो अवस्थामा देखेको छु, उहाँ पूर्ण प्रसन्न पनि हुनुहुन्छ,' मुगाबेको बहिनी सविनाका छोरा लेओ मुगाबेले भनेका छन्, 'उहाँले अगाडिको नयाँ जीवन सुरु गरेजस्तो देखिनुभएको छ।' मुगाबे अहिले गाउँले घरमा सामान्य तरिकाले बसिरहेका छन्।
पूर्वराष्ट्रपति मुगाबेकी श्रीमती ग्रेस भने मुगाबेको सम्मान र सम्झनामा विश्वविद्यालय खोज्ने योजनामा केन्द्रित छिन्।
जिम्बावेले गत अगस्टमा राजधानी हरारेदेखि ३५ किलोमिटर टाढा पर्ने माजोबेमा पोस्ट ग्रयाजुयट विश्वविद्यालय खोल्ने घोषणा गरेको थियो। त्यसैलाई उनले अगाडि बढाउने तयारी गरेकी हुन्।