विश्व

मुसलधारे वर्षाले मुम्बई डुब्यो, १ करोड ६० लाख प्रभावित

मुम्बइ, १४ भदौ । (एजेन्सी) – मंगलबार बिहानदेखि परेको मुसलधारे वर्षाका कारण भारतको मुम्बई आसपासको क्षेत्र डुबानमा परेको छ। वर्षाका कारण केही मानविय क्षति समेत भएको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

बर्षासँगै आएको बाढीका कारण १ करोड ६० लाख भन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ । वर्षाका कयौँ मानिस विस्थापित भएका छन् भने सडक तथा उडान मार्ग अवरुद्ध भएका छन्। वर्षाका कारण मुम्बईस्थित सूर्य नगर भन्ने स्थानमा भवन भत्किदा २ जनाको ज्यान गएको छ। 
मुम्बई प्रहरीले बाढीमा फसेका व्यक्तिको सहयोगका लागि ट्वीट, फोन, व्हाट्सऐपमा एसएमएस गर्न आग्रह गरेको छ। 

मुम्बईको एक अस्पताल पुरै डुबानमा परेकाले त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ ।
मौसमविदहरुले बर्षा अझ केही दिन सक्रिय रहने बताएका छन् । डुबान प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।