विश्व

बार्सिलोनामा आतंकवादी हमला, १३ जना मारिए

स्पेन, २ भदौ । स्पेनको स्वशासित क्षेत्र क्याटालोनियाको राजधानी बार्सिलोनामा भएको आतंकवादी आक्रमण १३ जना मारिएका छन् । बार्सिलोनाको पयटकीय स्थल लास राम्ब्लासमा पैदलयात्री माथी कारले आक्रमण गर्दा १३ जनाको ज्यान गएको हो । 

घटनामा १ सय बढी घाइते भएका जनाइएको छ ।  त्यस्तै आक्रमण हुनु केहि समय अघि सोही स्थान नजिकै एक घरमा भएको बम विष्फोटमा अन्य एक जनाको ज्यान गएको थियो । विष्फोटनमा ज्यान गुमाउनेमा बम बनाइरहेका संदिग्ध आतंककारी रहेको प्रहरीले जनाएको छ । 

आक्रमणको केही समयपछि बार्सिलोनाबाट १ सय २० किलोमिटर दक्षिणमा रहेको काम्ब्रिल्समा प्रहरीसँगको झडपमा अन्य चार आतंककारी मारिएका छन् । काम्ब्रिल्स घटनामा अरु केहि प्रहरी, सर्वसाधारण तथा केही आतंककारी घाइते भएका छन् । 

आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ । कारले आक्रमण गर्ने आक्रमणकारी फरार रहेको र उसको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।