न्युयोर्क

न्यूयोर्कमा स्व. अर्जुन खालिङ राईप्रति श्रद्धाञ्जली

न्यूयोर्क । किरात राई सोसाईटी अफ अमेरिकाले स्वर्गिय अर्जुन खालिङ राईप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । सोसाईटीले न्यूयोर्कको सन्निसाईडस्थित मालिंगो रेष्टुरेन्टमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । स्व. राई किरात राई लेखक संघका अध्यक्ष, चिण्डो बुक्स र चिण्डो फेशनका परिकल्पनाकार एवं संस्थापक तथा कुशल चित्रकार, गीतकार, कवि थिए । त्यस्तै उनी संघीय समाजवादी फोरम नेपालका संघीय संस्कृति महासंघका महासचिव थिए ।