न्युयोर्क

मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको अध्यक्षमा सुमन पुन मगर

न्यूयोर्क । मगर संघ अमेरिकाको न्यूयोर्क च्याप्टरको अध्यक्षमा सुमन पुन मगर निर्वाचित भएका छन् । मगर संघ अमेरिका केन्द्रीय समितिको संयोजनमा न्यूयोर्कस्थित आदिबासी जनजाति महासंघको कार्यालयमा भएको सम्मेलनले पुनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । 
नयाँ कार्यसमितिको उपाध्यक्षमा यम पुन मगर, सचिव दिपेश वराकोटी मगर, सह–सचिव दिलप्रसाद थापा मगर, कोषाध्यक्ष धना थापा मगर, सह कोषाध्यक्ष हेम पुन मगर, सदस्य विष्णु राना मगर, रोशन थापा मगर, रण बुढा मगर रहेका छन् । त्यस्तै, रिक्त अन्य तीन जना सदस्यको भने नयाँ कार्यसमितिले मनोनयन गर्नेछ । 
कार्यक्रममा मगर संघ अमेरिका च्याप्टरले मगर समुदायको महान चाड माघे सक्रान्ति भव्यरुपमा मनाउने निर्णय गरेको छ । त्यसका लागि पूर्वतयारी समेत थालेको नवनियुक्त अध्यक्ष पुनले बताए । उनले भने– ‘न्यूयोर्कमा रहेका मगर समुदायलाई एकीकृत गरेर मगर जातिको भाषा संस्कृति संरक्षणमा दृढताका साथ लाग्छु, आफ्नो पदीय दायित्वलाई जिम्मेवारीकासाथ पूरा गर्छु ।’ 
बैठकको संचालक केन्द्रीय सह–सचिव नरेन्द्र थापा मगरले गरेका थिए भने कार्यक्रममा केन्द्रीय समितिका महासचिव मानबहादुर राना मगर, सदस्य कुलदिप राना मगर, नेपाली कलाकार संघ अमेरिकाका अध्यक्ष सुमन बुढा मगरलगायतको उपस्थिति रहेको थियो ।