न्युयोर्क

न्यूयोर्क समाचार अब घर–घरमा

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कबाट प्रकाशित भईरहेको न्यूयोर्क समाचार पाक्षिक अब तपाईको घर–घरमा सहज ढंगले उपलब्ध हुने भएको छ ।  नेपाली भाषी तथा नेपालबारे चासो राख्ने समुदायलाई लक्षित गरेर सुरु भएको यो प्रकाशनले विभिन्न विचार तथा समाचार मुलक समाग्रीहरु प्रकाशित गर्दै आएको छ । नेपाली र अंग्रेजी भाषामा प्रकाशन भईरहेको यो पाक्षिक न्यूयोर्क र त्यसमा पनि ज्याक्सन हाईट्स केन्द्रित वितरण प्रणालीलाई परिवर्तन गरी अमेरिकाभरी पु¥याउने तयारी भएको छ ।
पत्रिकाका लागि अब पाठकहरुले बजारमा धाउनु नपर्ने गरी व्यवस्थापन पक्षले घर–घरमा पु¥याउने तयारी गरेको छ । न्यूयोर्क समाचार अब अमेरिकाको कुनै पनि कुनामा रहेर पनि सहजै प्राप्त गर्न सकिने व्यवस्था न्यूयोर्क इन्टरनेशनल इंकले गरेको छ । त्यसका लागि न्यूयोर्क समाचारको अनलाईन पोर्टल www.newyorksamachar.comमा गएर फारम भर्नुपर्नेछ । फारम प्राप्त भएपछि व्यवस्थापन पक्षले तपाईको घरमै पत्रिका पुग्ने व्यवस्था गर्नेछ ।