न्युयोर्क

युएस नेपाल अनलाईनको नवौं वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित

न्यूयोर्क । युएस नेपाल अनलाईन डट कमको नवौं वार्षिकोत्सव भब्यता पूर्वक सम्पन्न भएको छ । डिसेम्बर ३ तारिख, शनिवार न्यूयोर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभाकक्षमा सम्पन्न भएको कार्यक्रममा विभिन्न १२ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । 
युएस नेपाल अनलाईनको प्रकाशन सन् २००७ डिसेम्बर ३ तारिखबाट शुरु भएको थियो । यसपाली पनि बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पु¥याएका ब्यक्तित्वहरुलाई ‘अतिथी सम्मान’ द्वारा कदर गरिएको थियो भने युवा प्रतिभाहरुलाई ‘युवा प्रतिभा पहिचान पुरस्कार’ द्वारा सम्मान गरिएको छ ।

‘अतिथी सम्मान’ द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा वरिष्ठ नृत्य निर्देशक एबं कोरियोग्राफर बसन्त श्रेष्ठ, वरिष्ठ गायक प्रकाश श्रेष्ठ, वरिष्ठ नाट्य निर्देशक सुनिल पोखरेल, वरिष्ठ रंगकर्मी नायिका निशा शर्मा, वरिष्ठ संगितकार शरदमणि गुरुङ, अमेरिकामा पहिलो पटक स्थायी बसोबास गर्ने वरिष्ठ कलाकार ध्रुब वन्त, न्यूयोर्कका भिडियोग्राफर शम्भु मोक्तान तामाङ, युवा लोक गायक एबं नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढा मगर, न्यूयोककी ब्यबसायी कला खरेल र स्वाभिमानी नेपाली न्यूयोर्क निवासी फुर्बा शेर्पा छन् । त्यसैगरी, ‘युवा प्रतिभा पहिचान पुरस्कार’ बाट यो वर्ष न्यूयोककी युवा समाजसेवी झरना शेर्पा र सारेगमपा मौरिसस २०११ बिजेता युवा गायक आदित्य लामालाई सम्मान गरिएकोछ । 

गिता खत्रीको सभापतित्वमा आयोजित उक्त समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका कन्सुलर कृसु छेत्रीले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्रद्वारा सम्मान गरेका थिए भने सभापति खत्रीले परम्परागत खादा प्रदान गरेकि थिईन् । सम्मानित ब्यक्तित्वहरुको परिचय युएस नेपाल अनलाईनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले प्रस्तुत गरेका थिए । स्वागत मन्तब्य साहित्यकार मनु लोहोरुङ राईले ब्यक्त गरेकी थिईन् । सम्मानित ब्यक्तिवहरुले सम्बोधन गर्दै आफूहरुलाई समाजका लागि थप योगदान पु¥याउने दायित्व महशुस भएको उल्लेख गरेका थिए ।