न्युयोर्क

विमलालाई तामाङ सोसाइटीको सम्मान

न्यूयोर्क । कराँते खेलाडी विमला तामाङलाई तामाङ सोसाइटी अफ अमेरिकाले सम्मान गरेको छ । न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरिएको सम्मान कार्यक्रममा सोसाइटीका अध्यक्ष शान्तबाबु थोकरले विमलालाई सम्मानपत्र र नगद प्रदान गरेका हुन् । उनलाई सम्मान स्वरुप एक लाख रूपैयाँ प्रदान गरिएको हो । सम्मान कार्यक्रममा सोसाइटीका पूर्वअध्यक्ष सुवास लामा, भरत मोक्तान, इन्द्र तामाङ र सूर्य पाख्रिनले विमलालाई बधाई तथा सम्मान गरेका थिए । 
न्यूयोर्कमा सम्पन्न फिका इन्टरनेशनल ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल विमलाले १७ औं एसियाडमा कास्य पदक जितेर नेपाललाई पदक विहिन हुनबाट जोगाएकी थिईन् । 
नोभेम्बर १२ र १३ तारिख न्युयोर्कको क्विन्स कलेजमा सम्पन्न फिकामा उनले स्वर्ण पदक हात पारेकी हुन् । उक्त प्रतियोगितामा अमेरिकाको विभिन्न राज्यलगायत नेपाल, इक्वेडर, मेक्सिको र डोमेनिक रिपब्लिक गरी तीनसय ५० खेलाडीको सहभागिता थियो ।