न्युयोर्क

हिलारी र ट्रम्पबीच कडा प्रतिस्पर्धा, को बन्ला राष्ट्रपति ?

अमेरिका– अमेरीकमा मंगलबार हुन राष्ट्रपतिय चुनावका कार्यक्रमहरु अन्तिम चरणमा पुगेका छन् । उम्मेद्वार हरुले सम्बोधन, ¥याली, विज्ञापन लागायतका कर्यक्रम लाइ तीब्र पार्दै लगेका छन् । वर्तमान राष्ट्रपति बाराक ओबामा डेमोक्रयाटिक पार्टी उम्मेदवार हिलारी क्लिन्टन को कार्यक्रममा सहभागी हुँदै आएका छन् । 

क्लिन्टनले आफ्नो अभियानमा सेलिब्रेटी हरुलाइ सहभागी गराएकी छिन् । इलेनोइ राज्यको क्लेभल्याण्डमा भएको एक कार्यक्रममा क्लिन्टनले चर्चित गायिका बेयोन्से तथा उनका पति जे जेडलाइ सहभागी गरएकी हुन् । तर, विकिलिक्सले क्लिन्टनको निजी इमेल सार्वजनिक गरेपछी उनले डोनाल्ड ट्रम्प विरुद्ध लिएको अग्रता गुमाउँदै गएकी छिन् । 
यौन दुव्र्यवहार तथा अनैतिक कार्यको विभिन्न भिडियोहरु सार्वजनिक भएपछि मत सर्वेक्षणमा पछि परेका ट्रम्प हालसालै क्लिन्टनका निजी इमेलहरु सार्वजनिक भएपछि भने केहि अगाडी देखिएका छन् । 
त्यस्तै स्विङ् स्टेट्स भनिने कुनै उम्मेद्वारले जित्ने पक्का नभइसकेका राज्यहरुमा पनि कडा टक्कर देखिएको छ । फ्लोरीडा, पेन्सलभेनिया, ओहायो लगायतका राज्यहरुमा ट्रम्प तथा क्लिन्टनबीच तीब्र प्रतिस्पर्धा रहेको विभिन्न मत सर्वेक्षणले देखाएका छन् । 
हालसम्म पनि कुनै उम्मेद्वारको पक्षमा नरहेका मानिस हरुलाइ आफ्नो पक्षमा पार्न दुबै उम्मेद्वार लागी परेका छन् । क्लिन्टन ल्याटिन अमेरीकी तथा अश्वेत हरुमाझ लोकप्रिय छिन् भने ट्रम्प श्वेत तथा मध्यमवर्ग माझ लोप्रिय रहेका छन् । यसका लागी ट्रम्पले राजनीतिक विज्ञापनका लागी २५ करोड अमेरीकी डलर खर्च गरेको अमेरीकी संचारमाध्यमले जनाएका छन् । 
मत सर्वेक्षणका अनुसार अर्कान्सास, वियोमिङ, वेस्ट भर्जिनिया, ओक्लाहोमा, नेब्रस्का तथा इडाहो राज्यमा ट्रम्प भारी अन्तरले अगाडी रहेका छन् भने मेरील्याण्ड, डेलावयर, क्यालिफोर्निया, भर्मन्ट, मासाचुसेट्स तथा न्युयोर्कमा क्लिन्टन अगाडी रहेकी छिन् । 
अमेरीकी राष्ट्रपतिय चुनाव जित्नका लागि २ सय ७० इलेक्टोरल भोटको आवश्यकता पर्छ । हरेक राज्यमा निश्चित इलेक्टोरल संख्या रहेका छन् । इलेक्टोरल संख्याको आधारमा क्यालिफोर्निया सबैभन्दा ठूलो राज्य रहेको छ । जसमा ५५ इलेक्टोरल भोट रहेको छ । 
२१ कार्तिक २०७३ ।