न्युयोर्क

नेवाः नखःको आयोजनामा म्हः पूजा र न्हुदया भिन्तुना सम्पन्न

न्यूयोर्क । नेवाः समुदायको महान पर्व म्हःपूजाको अवसरमा न्युयोर्कस्थित नेवाः नखः न्युयोर्कले अक्टोबर ३१ तारिकका दिन बिशेष कार्यक्रमका साथ न्युर्योकस्थित शेर्पा किदुगको हलमा म्हःपूजा कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रममा नेवाः समुदायका साथै विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको सहित विदेशीहरुको पनि उपस्थिति रहेको थियो । नखःद्वारा आयोजना गरेको पूजामा अध्यक्ष राजा शाक्यले सहाभागीहरुलाई स्वागत गदै नेवाः समुदायमा नयाँ वर्ष नेपाल सम्बत ११३७ को शुभकामना तथा म्हःपुजाको महत्वको बारेमा जानकारी दिएका थिए ।
पूजाको शुरुवात पश्चात नेवाः र नेपाली समुदायमा महत्वपूर्ण योगदान र कार्य गर्दै आएका विभिन्न बिदेशी व्यक्तिहरु र नेवाः चेलीहरू जसले आआफ्नो क्षेत्रबाट समाजमा योगदान गरेकाहरूलाई नखःले अभिनन्दन गर्यो । सम्मानीत हुनेहरुमा जोली अमात्य, कञ्चन अमात्य, अलेक्जेण्डर गर्गिल, शेरी ओना हाडलिन, नातासा ओजनाइक, लुना रञ्जित, सन्जिता प्रधान, एलेन कून र नखःका पूर्वअध्यक्ष बिरेन्द्र प्रधान थिए ।
कार्यक्रममा नेपाल कन्सुलेटको बाणिज्यदुत कृषु क्षेत्रीले नेपाल सम्वत ११३७ को नेवाः क्यालेन्डर विमोचन गरी नेपाली नयाँ बर्षको महत्व बारे प्रकाश गर्दै सबै नेपालीको स्वास्थ, सुख र उन्नतिको शुभकामना दिनुभयो । यो नेवाः क्यालेन्डर प्रकाशन अमेरिकामा पहिलो पटक थियो ।
उक्त अवसरमा संस्थाका उपाध्यक्ष विष्णुमान प्रधानले सवै अतिथिहरु र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । सन् २०११ मा स्थापना भएको नखःले तेस्रो पटक आयोजना गरेको पूजामा नेवाः समुदायका साथै अन्य विभिन्न समुदाय र विदेशी समेत गरि एक सय पच्चीस जना जतिको उपस्थिति भएको उपाध्यक्ष प्रधानले बताए थिए । 
कार्यक्रम सञ्चालन दिपिका श्रेष्ठले गरेका थिए भने नखःका सल्लाहकार अजय छोचूंले मन्त्रविधिबाट म्हःपूजा शुरु गरेका थिए । ह्वाईट हाउस ईनिसीएटिभ अन एसियन अमेरिकन्स एन्ड प्यासिफीक आईलान्डर्स बाट  नेवाः नखः न्युयोर्कलाई पठाईएको शुभकामना सन्देश कार्यक्रम सञ्चालिका श्रेष्ठले पढेर सुनाउनु भयो ।
महिला स्वयमसेवकहरू नखका सदस्य बिमला श्रेष्ठ, श्रीकमल शाक्य, अनिता बज्राचार्य, उजिला प्रधान, संगीता मुखिया छोचूं, लघु शाक्य र सबिना शाक्यहरूले सहभागीहरूलाई पूजा गरी सगुन वितरण गरेका थिए भने पुरूष स्वयमसेवकहरू नखका महासचिव महेन्द्र बिर बज्राचार्य, सचिव नरेश मान शाक्य, भूतपूर्ब सचिब संजय शिलाकर, सदस्यहरू प्रज्वल प्रधान, मनोज कुमार महर्जन, सुजन श्रेष्ठ, सन्जन प्रधान, सुमन कर्माचार्य, उमेश श्रेष्ठ र मिल्लेनियम श्रेष्ठले सबैलाई झ्वस् भ्वय् (नेवाः भोज) खुवाए । साथै गायिका संगिता छोंचुंले नेवाः भाषाको गीत गाएर सहभागीलाई मनोरञ्जन दिनुभयो ।