विश्व

रुसी सेनाको कार्गो विमान सिरियामा दुर्घटना, ३९ जनाको मृत्यु

रुस, २३ फागुन । एजेन्सी– रुसी सेनाको कार्गो विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ। विमानमा सवार ३३ सैनिक र चालक दलका ६ सदस्यको मृत्यु भएको हो। मृतकमध्ये २७ सैनिक अधिकृत तथा एक मेजर जनरल समेत रहेका छन्। 
रुसको रक्षा मन्त्रालयलाई उद्रृत गर्दै समाचारमा जनाइए अनुसार सिरियाको तटीय शहर लताकियामा विमान दुर्घटना भएको हो। रुसको रक्षा मन्त्रालयले विमान प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक धारणा सार्वजनिक गरेको छ। दुर्घटनाको कारण भने यकिन भइसकेको छैन।
विमान एयरपोर्टको रनवेको करिव ५०० मिटर दुरीमा जमिनमा ठोक्किएको थियो। जमिनमा ठोक्किएसँगै विमानमा आगलागी भएको थियो। फेब्रुअरी ३ मा पनि रसियन सेनाको विमान सिरियामा दुर्घटना भएको थियो।
राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु भएका परिवारका सदस्यप्रति समवेदना व्यक्त गरेका छन्।