विश्व

ताइवानमा ६.४ रेक्टरको भूकम्प

ताइवान, २४ माघ । ताइवानमा ६.४ रेक्टर स्केलमा भूकम्प गएको छ । भूकम्पले ठुलै क्षति पुगेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बीबीसीका अनुसार स्थानीय समयअनुसार रातिको ११ बजेर ५० मिनेटमा भूकम्प गएको थियो ।

भूकम्पमा परेर २ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । कैयौं व्यक्तिहरु घरभित्रै फसेका छन् । होटलहरुमा कैयौं व्यक्ति फसेको समाचारमा जनाइएको छ ।