विश्व

डोनाल्ड ट्रम्पले नरेन्द्र मोदीको नक्कल गरेपछि...

अमेरिका, १०  माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गर्दै बोलेको खबर वासिङ्टन पोस्टले सार्वजनिक गरेको छ । समाचारमा उल्लेख गरेअनुसार अफगानिस्तान सम्बन्धी छलफल गर्दैगर्दा ट्रम्पले भारतीय शैलीमा बोेलेर मोदीको नक्कल गरेका हुन् । 
प्रधानमन्त्री मोदी अन्तर्राष्ट्रिय समुदायमा पहिलेदेखि नै भारतीय शैलीमा अङ्ग्रेजी बोल्नेमा परिचित छन् । यस्तैमा मोदीले गत वर्षको भेटवार्तामा ‘अमेरिकाले अफगानिस्तानलाई बदलामा कुनै ठूलो कुराको माग नराखि जति मद्दत गरेको छ त्यति अरु कुनै देशले गर्न सक्दैन’ भन्ने बयान दिएका थिए । यसै मुद्दाबारे कुरा गर्दै ट्रम्पले मोदीको कुरामा सहमति जनाएको बताइएको छ । 
तर ट्रम्पले मोदीको बोलीलाई नक्कल गरेको खबरले चारैतिर चर्चा बटुलिरहेको भएपनि ह्वाइट हाउसले भने यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
उता भारतका डेमोक्रेटिक पार्टीका सांसद राजा कृष्णामूर्तिले भने मोदीको नक्कल गर्ने ट्रम्पको बानीको कडा आलोचना गरेका छन् । उनले भने, ‘यो खबर सुनेपछि म आश्चर्यमा परेँ । अमेरिकीहरुको पहिचान उनीहरुको शैलीका कारण नभएर भारतीय आदर्श र मूल्यमान्यतालाई लिएर उनीहरुको प्रतिवद्धताले गराउने गरेको छ ।’
ट्रम्पको यस्तो प्रवृत्तिका कारण उनी यसअघि पनि विवादमा परिसकेका छन् । पछिल्ला दिनहरुमा ह्वाइट हाउसले ट्रम्पसम्बन्धी यस्ता खबरहरुलाई बेवास्ता गर्दै आइरहेको छ भने उता ट्रम्पले पनि वासिङ्टन पोस्टमाथि ‘फेक न्युज’ को आरोप लगाइरहेका छन् ।
ट्रम्प र मोदीको विचारधारा आर्थिक विकास र सुरक्षा नीतिलाई लिएर लगभग समान रहेको बताउँदै सञ्चार माध्यमले समयसमयमा उनीहरुको तुलना गर्ने गरेका छन् । अब उनीहरुको भेट डाभोस स्वीट्जरल्यान्डमा यही जनवरी २३ मा हुन लागेकोे विश्व आर्थिक फोरम सम्मेलनमा हुने बताइएको छ ।