विश्व

ट्रम्पले घोषणा गरे ‘फेक न्युज’ अवार्ड

अमेरिका, ५ माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द न्युयोर्क टाइम्सलाई फेक न्युज अवार्ड दिएको बताएका छन् । उनले ट्वीटरमार्फत फेक न्युज अवार्डको घोषणा गरेका हुन् । ट्रम्पले १५ दिनअघि नै यो अवार्ड सार्वजनिक गर्ने बताएका थिए । उनले  एबीसी न्युज, सीएनएन, टाइम, वासिङटन पोस्ट र न्युजविकलाई उक्त अवार्ड  दिइने बताएका छन् ।
जनवरी २ तारिखमा उक्त अवार्ड घोषणा गर्ने उनले जानकारी दिएको थिए । ट्रम्पले यसलाई सारेर १७ जनावरीमा सार्वजनिक गरेका हुन् । ट्रम्पले उक्त सम्मान ‘एबीसी न्युज’, ‘सीएनएन’, ‘टाइम’, ‘वासिङटन पोष्ट’ र ‘न्युजविक’लाई प्रदान गरेका छन् । उनले ११ वटा मिडिया र पत्रकारको नाम सार्वजनिक गरेका छन् । उनको ‘फेक न्युज अवार्ड’को घोषणा गर्दागर्दै वेसबसाइट ‘जीओपी डटकम’ ठप्प भएको थियो । त्यस साइटमा झुटो समारा लेख्ने पत्रिकाको नाम राखिएको थियो । वेबसाइटमा भनिएको छ, ‘सन २०१७ मा पूर्वाग्रही गलत समाचार कभरेज र झुटो समाचारले भरिए । ती समाचारको विश्लेषण गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा सम्प्रेषण गरिएका समाचार ९० प्रतिशत नकारात्मक थिए ।’ उनले ट्विट गर्दै ‘भ्रष्ट एवं झुट’ समाचारको खेती गरे पनि कुनै पत्रकार भने सम्मान योग्य भएको पनि बताए । 
उनले झूट र खराब पत्रकारिता गर्ने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सम्मानित गर्नुपर्ने बताउँदै आएका थिए । ट्रम्पले राष्ट्रपति चुनाव प्रचारका क्रममा ‘पक्षपातपूर्ण’ खबर दिने सञ्चारमाध्यमलाई निशाना बनाउँदै आएका थिए । 
न्यूयोर्क टाइम्सका रिपोर्टर पल क्रुगम्यानको समाचार ट्रम्पको सूचीमा शीर्ष स्थानमा छ । यो ट्रम्पको ऐतिहासिक जीतको दिन छापिएको थियो । जुन समाचारमा ट्रम्पको पालामा अमेरिकाको अर्थतन्त्र कहिल्यै उँभो नलाग्ने जिकिर गरिएको छ ।
एबीसी न्युजका ब्रायन रोज सूचीको दोस्रो नम्बरमा छन् । उनले आफ्नो समाचारमा ट्रम्प प्रशासन रहुन्जेल अमेरिकी अर्थतन्त्र खुम्चिने मात्र नभई धेरै तीब्र गतिमा ओरालो लाग्ने जिकिर गरिएको छ। सीएनएन तेस्रो नम्बरमा रहेको छ । उसले आफ्नो रिपोर्टमा भनिएको थियो, ‘राष्ट्रपतिका उम्मेदवार डोनाल्‍ड ट्रम्प र उनका छोारा जुनियर ट्रम्पसँग विकीलिक्‍सबाट ह्याक गरिएको डकुमेन्ट थिए ।’ ट्रम्पको फेक न्युज अवार्डको सूचीको चौथो नम्बरमा टाइम म्यागेजिन रहेको छ । उसले गलत रिपोर्ट प्रकाशित गरेको आरोप छ । जसमा भनिएको थियो, ‘राष्‍ट्रपति ट्रम्पले ओभल अफिसबाट मार्टिन लुथरको मूर्तिलाई हताएका थिए ।’
अर्को विश्वचर्चित पत्रिका वासिङ्गटन पोस्‍टले पनि राष्‍ट्रपति ट्रम्पको एक जुलुसको बारेमा गलत समाचार लेखेको आरोप लागेको थियो । वेबसाइटमा गरिएको दाबी अनुसार सञ्चारमाध्यमले भने जस्तो नभइ ट्रम्प प्रशासनको पालामा अमेरिकी अर्थतन्त्र फैलिइरहेको छ । वेबसाइटले आफ्नो समाचारमा ट्रम्प प्रशासनले अमेरिकामा २० लाख नयाँ रोजगारी सिर्जना गरेको छ । ८ ट्रिलियन डलर ९करिब १०२ लाख करोड रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।