विश्व

ग्रिसमा भीषण बाढी, १५ जनाको मृत्यु

ग्रिस, ३० कार्तिक । (ऐजेन्सी)–ग्रिसमा बाढीका कारण कम्तिमा १५ जनाको ज्यान गएको छ । रातभर परेको पानीका कारण आएको बाढीले ग्रिसको मध्य क्षेत्र बढी प्रभावित भएको छ । बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । राजधानी एथेन्सको पश्चिमी क्षेत्रमा रहेका औद्योगिक शहरहरु म्यानड्रा, निए पेरामोस र मेगारामा बाढीका कारण बढी नोक्सानी भएको छ ।
बाढीका कारण ज्यान गुमाउनेमा धेरैजसो बृद्धबृद्धा रहेका छन् । उनीहरुको शव घर भित्र भेटिएको उद्धारकर्मीले बताएका छन् । बाढीका कारण भएको क्षति तथा ज्यान गुमाउनेको सम्झनामा प्रधानमन्त्री एलेक्सिस सिप्रासले राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।