विश्व

स्पेन एकताको पक्षमा बार्सामा विशाल र्‍याली

बार्सिलोना, २३ असोज ।  क्याटालोनियाको राजधानी बार्सिलोनामा एकताको पक्षमा विशाल र्‍याली निकालिएको छ । स्पेनसँग स्वतन्त्र भएर छुट्टै राज्य बनाउन चाहेको क्याटालोनियामा एक हप्ताअघि जनमतसंग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रह भएपछि क्याटालोनिया र स्पेनको केन्द्र सरकारबिचको तनाव उत्कर्षमा पुगेको छ । 
यxL बिचमा क्याटालोनियाको स्वतन्त्रताको विपक्ष तथा स्पेनको एकताको पक्षमा बार्सिलोनामा प्रदर्शन भएको हो । एकता र्‍यालीमा तीन लाख ५० हजार भन्दा धेरै मानिसको सहभागिता रहेको बिबिसीले जनाएको छ । र्‍यालीका सहभागीले स्पेन तथा क्याटालोनियाको झण्ड बोकेका थिए । यस्तै उनीहरुले ‘टुक्यादर वी आर स्ट्रोङ्गर’ अर्थात साथसाथै हामी बलियो छौं भन्ने नारा लगाएका थिए । 
क्याटालोनियामा एकताको पक्षमा भएको यो अहिलेसम्मकै ठूलो र्‍याली हो । यस्तै खालका र्‍याली स्पेनका सबै शहरमा शनिबार पनि भएको थियो । क्याटालोनियाले केही दिनमा आफूलाई स्वतन्त्र घोषणा गर्ने संकेत गरेको छ भने स्पेन सरकारले कानुन विपरित गरिने कुनै पनि घोषणाको केही अर्थ नहुने बताएको छ ।