विश्व

राष्ट्रपति ट्रम्पको हस्तक्षेपपछि अमेरिकी भिषा पाउने बालिकाहरु

अमेरिका, असार ।  छ जना अफगानी स्कूले बालिकाहरुले अमेरिकी भिषाको लागि आवेदन दिइन् । तर, दुई पटकको अन्तर्वार्ता पछि उनीहरुको आवेदन अस्वीकार गरियो । यस विषयले अमेरिकी प्रशासनमा हल्लीखल्ली नै मच्चियो । 
डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि छ वटा मुस्लिम मुलुकहरुका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएपनि अफगानिस्तान त्यसभित्र पर्दैन । यद्यपी एउटा रोबोटिक यन्त्रको प्रतियोगितामा भाग लिनका लागि एक साताको यात्रा अनुमति मागिएको आवेदन अमेरिकी भिषा काउन्सिलरले अस्वीकार गरिएको थियो । 
तर, यो विषयमा राष्ट्रपति ट्रम्प  आफैले चासो लिएपछि उनीहरुलाई पछि भिषा दिइएको अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसअघि भिषा आवेदन अस्वीकृत गरिएको गाम्बियाका स्कूले बालिकाहरुलाई पनि भिषा दिइएको छ । 
समाचार एजेन्सी एपीका अनुसार होमल्याण्ड सेक्यूरिटी विभागका प्रबक्ता डुभिड लपनले परराष्ट्र मन्त्रालयको आग्रहमा ति अफगानी किशोरीहरुलाई भिषा दिइएको स्वीकार गरेको छ । राष्ट्रपत कार्यालय ह्वाइट हाउसकी प्रबक्ता सारा हकवीले पनि राष्ट्रपति ट्रम्पको हस्तक्षेप पछि उक्त आग्रह गएको बताएकी छिन् ।
'हामी कुनै आत‌ंकावादी थिएनौं, जो अमेरिकीहरुलाई तर्साउनका लागि जान लागेका' तिनै मध्येकी १४ बर्षीया फातिमा घडर्यनले एएफपीलाई भनेकी छिन्, 'हामी त्यहाँ अफगानी स्कूले बालिकाहरुको शक्ति र सीप अमेरिकीलाई देखाउन मात्र जान लागेका थियौं ।'
ट्रम्पको हस्तक्षेपपछि अफगानी र गाम्बियाका संकूले केटीहरुले भिषा पाए लगतै उनकी छोरी तथा सल्लाहकार इभान्का ट्रम्पले ट्वीट गरि भ्याएकी छिन्, 'म यि प्रतिभाशाली अफगानी केटीहरु र उनीहरुका प्रतिस्पर्धीहरुलाई वासिङ्टन डीसीमा स्वागतका लागि पर्खिरहेकी छु ।' 
यो पहिलो पटक भएको स्कूले केटीहरुको रोबोटिक यन्त्र सम्बन्धी प्रतियोगितामा १५७ मुलुकका १६३ टोलीले भाग लिंदै छन् । कान्तिपुरमा समाचार छ ।