कला-साहित्य

अर्जुन दाहालले ल्याए नयाँ हास्यव्यंग्य भिडियो

न्यूयोर्क । लामो समयदेखि हास्यव्यंग्य क्षेत्रमा स्थापित भएका कलाकार अर्जुन दाहालको नयाँ हास्यव्यंग्य भिडियो सार्वजनिक भएको छ । 
नुन, चिनी, पानी अमेरिकाद्वारा निर्माण गरिएको उक्त भिडियो युट्युवबाट सार्वजनिक गरिएको हो । अमेरिकाको कनेक्टिकट निवासी कलाकार दाहाल अमेरिकाका विभिन्न राज्यहरुमा हुने कार्यक्रममा आफ्नो प्रहसन प्रस्तुत गर्ने गरेका छन् । उनी अमेरिकाको नेपाली डायस्पोराका चर्चित हास्यव्यंग्य कलाकार हुन् । अमेरिकामा हुने नेपाली तथा नेपाली भाषी कार्यक्रममा उनले जोडदार प्रस्तुति दिने गरेका छन् । यसअघि पनि उनले थुप्रै प्रहसनहरु प्रस्तुत गरिसकेका छन् । दाहाल भन्छन्– ‘नेपाली समुदायमा हास्यव्यंव्यमार्फत हाम्रो वास्तविकतालाई ल्याउने प्रयास गरेको छु । सहज त छैन तर पनि प्रयास गरिरहेको छु । दर्शक एवं श्रोताको माया पाएँ भने अझै धेरै राम्रो गर्न सक्छु ।’

कलाकार दाहालले सार्वजनिक गरेको भिडियोः