कला-साहित्य

निचोड

सुन्य कोठाको नाङ्गो भित्तामा
र्हेछु बियोगान्तक र्दशक भएर अतित
र सम्झिन्छु एकोहोरो
आफ्नै आँखाको प्रोजेक्टरले
देखाएको नाङ्गो भित्ताको र्पदामा
अतित उर्लिएर 
फुङसेमी उत्रिन्दा
म बग्रेल्तिए, बतासिए
अतितले बर्तमानलाई पोल्न थालेपछि
स्मृति भैईरस बन्यो
र सम्झना भैरस गाँजिएर
दिललाई ह्याङ पारे पछि
कयौँ पल्ट रि फ्रेश गर्न 
मनको मौउस क्लीप गरे
दाँया – म
बाँया – फुङसेमी
दाँया – बाँया
दाँया – बाँया
ह्याङ भएको दिलको
अत्तो पत्तो नलागेपछि
अरबौ अरबको र्हाडडिक्स मुटु
अचाक्लि दुख्यो
दुखी रहयो
आजै आत्मको कठघरामा उभिएर
बोल्दैछु, सोध्दैछु
हौ फुङसेमी
रातो गुलाब फूलले घाइते पारेर
रगतम्य आईस्युमा रहेको हाम्रो प्रेम
हिक् हिक् हिक्क..
मिलन बिछोडको ढुकढुकीमा
धड्किन्दै छ भन
कि दुई को सहिछापमा मृत्यु दिउ
कि आजिबन पुनर जन्म दिउ
भन आजै, अहिले नै
यो प्रेम दिबसको दिन

गनिन्द्र  ‘विवश’ 
तेह्रथुम, हालः कोरिया