तमिलनाडु भावविह्वल
एजेन्सी– भारत तमिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार राति निधन भएको छ। ६८ वर्षिया जयललितालाई हृदयघात भएपछि आईतबार चेन्नईस्थित एपोलो अस्पताल भर्ना गरिएको थियो। स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे उनको निधन भएको एपोलो अस्पतालले पुष्टि गरेको छ।
१९४८ फेब्रुअरी २४ मा जन्मिएकी जयललिताले सन् १९८२ मा राजनीतिमा प्रवेश गरेकी थिइन्। बलिउडमा समेत चर्चित जयललिताले एक सय ४० वटा चलचित्रमा अभिनय पनि गरेकी थिइन्। आफ्ना समर्थकमाझमा अम्माको नामले परिचित जयललिताले चार पटकसम्म तमिलनाडुमा मुख्य मन्त्री भइसकेकी थिइन्।
जय ललिताको जन्म १९४८ फरवरी २४ मा भएको हो । उनी राजनीतिमा प्रवेश गरेपछि ८ पटक विधानसभा तथा एक पटक राज्यसभाको चुनाव लडेकी जय ललिताले ५ पटक तामिलनाडुको मुख्यमन्त्री बनेकी थिइन् । जय ललिताले पहिलो पटक सन् १९९१ मा तमिलनाडुको मुख्यमन्त्री बनेकी थिइन । उनको निधनप्रति राज्यमा सात दिनसम्म शोक घोषणा गरिएको छ भने सरकारी भवनहरुका झण्डा आधा झुकाइएको छ ।
जयललितालाई किन भनिन्छ तमिलनाडुकी अम्मा?
२५ वर्षसम्म तमिलनाडुको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकी उनी लोकप्रिय थिइन्। उनी तमिलनाडुमा 'अम्मा'को नामले चर्चित छिन्। उनलाई अम्मा किन भनिएको हो?, उनको राजनीतिक यात्रा र उनको चरित्रबारे वरिष्ठ पत्रकार रेहान फजलले बीबीसी हिन्दीमा लेखेको लेखको अनुवाद यहाँ प्रस्तुत छ:
२५ मार्च १९८९ को दिन थियो। तमिलनाडु विधानसभामा बजेट पेश गर्न लागिएको थियो। जब मुख्यमन्त्री करुणानिधिले बजेट भाषण पढ्न सुरु गरे, कांग्रेसका सदस्यले प्वाइन्ट अफ अर्डर उठाए कि प्रहरीले विपक्षी नेता जयललिताविरूद्व अप्रजातान्त्रिक ढंगले काम गरेको छ। जयललिताले पनि उठेर उजुरी गरिन् कि मुख्यमन्त्रीले उक्साएका कारण प्रहरीले उनीविरूद्व कारबाही गरेको थियो र उनको फोन समेत रेकर्ड गरिने गरेको छ। सभामुखले बजेट पेश गरिन लागेकाले यस मुद्दामा अहिले बहस गर्न नसकिने बताए। यति सुनेपछि विधानसभाका सदस्य अनियन्त्रित भए। एआईडीएमकेका सदस्य कराउँदै सदनको वेलमा पुगे। एक सदस्यले रिसले करूणानिधिलाई धक्का दिने प्रयास गरे, जसमा उनको सन्तुलन बिग्रियो र उनको चश्मा भुईँमा झरेर फुट्यो। एक एआईडीएमके सदस्यले बजेटको पाना च्यातिदिए।
विधानसभाका अध्यक्षले सदन स्थगीत गरे। जयललिताकी जीवनी 'अम्मा जर्नी फ्रम मुभी स्टार टु पोलिटिकल क्वीन' लख्ने वासन्ती भन्छिन्- "जब जयललिता सदनबाट निस्किन तयार भइन्, एक डीएमके सदस्यले उनलाई रोक्ने प्रयास गरे। उसले उनको साडी यसरी तान्यो की उनी भुईँमा लडिन्।" "एक बलिष्ठ एआईडीएमके सदस्यले डीएमके सदस्यको हातमा हिर्काएर जयललितालाई उनको चंगुलबाट छुटाए। अपमानित जयललिताले पाञ्चाली जस्तै प्रतिज्ञा लिइन् की उनी त्यो सदनमा त्यतिबेला मात्र कदम राख्नेछिन्, जब त्यो महिलाको लागि सुरक्षित हुनेछ। दोस्रो शब्दमा उनी आफूलाई भनिरहेकी थिइन् की अब म तमिलनाडु विधानसभामा मुख्यमन्त्रीको रुपमा फर्कने छु।" नायिकाबाट राजनेता बनेकी जयललिताको बारेमा धेरै कम मानिसलाई मात्र थाहा होला की उनी नायिका बन्न चाहन्थिनन्। उनी राम्रो छात्रा थिइन्। स्कुलको समयमा उनलाई सर्वोत्कृट छात्राको अवार्ड दिइएको थियो र १० कक्षाको परीक्षामा उनले पुरै तमिलनाडुमा दोस्रो स्थान हासिल गरेकी थिइन्।
गर्मीको छुट्टीका क्रममा उनी आफ्नी आमाको साथमा एक समारोहमा पुगेकी थिइन्, जहाँ एक निर्माता वीआर पुथुलले उनलाई आफ्नो चलचित्रमा काम गर्ने प्रस्ताव गरे। उनकी आमाले उनलाई सोधिन् र उनले हुन्छ भनिन्। आफ्नो दोस्रो चलचित्रमा जयललितालाई त्यसबेलाका चर्चित तमिलका नायक एमजी रामचन्द्रनसँग काम गर्ने मौका मिल्यो। वासन्ती भन्छिन्- "एमजीआर उनबाट सुरुदेखि नै प्रभावित थिए। जयललिता निकै राम्रो अंग्रेजी बोल्थिन्। अन्य नायिका र उनमा धेरै फरक थियो। शुटिङको समयमा उनी एउटा कुनामा बसेर अंग्रेजी उपन्यास पढ्ने गर्थिन् र कसैसँग बोल्दैनथिइन्। हेर्दा निकै सुन्दर थिइन्। एकदम गोरी, तमिलनाडुमा सामान्यतया यति गोरी केटी देखिदैनथिए।" एमजीआर जयललियाको प्रति सुरुदेखि नै प्रभावित थिए। एक पटक थार मरुभूमिमा शुटिङका क्रममा त्यहाँको जमिन यति गर्मी थियो की जयललिता त्यसमा हिड्न सकिरहेकी थिइन्। यस्तोमा एमजीआरले पछाडिबाट आएर उठाएका थिए, ता की उनको खुट्टा नजलोस्।
वासन्ती भन्छिन्- "जयललिताले आफैले कुमुदन पत्रिकामा लेखेकी छिन् कि कार पार्किङ केही पर थियो। खुट्टामा कुनै जुत्ता या चप्पल थिएन। एक कदम पनि हिड्न सकिरहेको थिइन्। मेरो खुट्टा रातो भइसकेको थियो। मैले केही गर्न सकिरहेको थिइन्। तर, एमजीआरले मेरो समस्या बुझे र उनले मलाई आफ्नो काखमा राखे।" एमजीआर र जयललिताको सम्बन्धमा निकै धेरै उतारचढाव आए। उनले उनलाई पार्टीको प्रोपोगेन्डा सचिवको साथसाथै राज्यसभाको सदस्य पनि बनाए। तर, पार्टीमा जयललिताको यति धेरै विरोध भयो कि एमजीआरलाई प्रोपोगेन्डा सचिव पदबाट हट्नुपर्यो। यसैबीच एमजीआर गम्भीर रुपले बिरामी भए। जब उनको मृत्यु भयो तब उनको परिवारले जयललितालाई उनको घरमा छिर्न दिएनन्।
वासन्ती भन्छिन्- "जयललिता एमजीआरको घरको अगाडि कारबाट ओर्लिइन् र आफ्नो हातले गेटलाई हिर्काउन थालिन्। जब गेट खुल्यो तब उनलाई कसैले पनि एमजीआरको शवलाई कहाँ राखेको छ भन्ने बताएनन्। उनी गेटबाट पछाडिको भर्याङ चढेर गइन् तर एमजीआरको घरका सबै ढोका उनका लागि बन्द गरिएका थिए।"
"पछि उनले भनिन् की एमजीआरको पार्थिव शरिर पछाडिको ढोकाबाट राजाजी हलमा लगियो। जयललिता तुरुन्त आफ्नो कारमा बसी र आफ्नो ड्राइभरलाई राजाजी हल जानका लागि भनिन्। त्यहाँ उनी कुनै पनि तरिकाले एमजीआरको नजिकै पुग्न सफल भइन्।" वासन्तीले त्यस दिन जयललिताको आँखाबाट आँशु झरेको थिएन। उनी दुई दिनसम्म एमजीआरको पार्थिव शरिरको टाउको नजिकै उठिरहिन्... १३ घण्टा पहिलो दिन र ८ घण्टा दोस्रो दिन। एमजीआरकी पत्नी जानकी रामचन्द्रनकी केही महिला समर्थकले उनको खुट्टा चप्पले कुल्चने प्रयास गरेको उल्लेख गरेकी छन्।
"केहीले उनको छालामा नङ गाडेर उनलाई चोट पुर्याउने प्रयास गरे ताकि जयललिता त्यहाँबाट जाओस्। तर जयललिता सबै अपमान सहेर त्यहाँबाट टसको मस भइनन्। जब एमजीआरको पार्थिव शरिरलाई अन्तिम यात्राको लागि गन क्यारेजमा लगियो तब जयललिता पनि पछिपछि गइन्। त्यहाँ नजिकै रहेका एक सैनिकले उनको हातलाई थामेर माथि आउन पनि मद्दत गरेका थिए।" "त्यतिबेला जानकीका भतिजा दीपनले उनीमाथि आक्रमण गरे र उनलाई गन क्यारेजबाट तल झारिदिए। जयललिताले त्यसपछि एमजीआरको शव यात्रामा अगाडि नब्ढने निर्णय लिइन्। उनी आफ्नो कारमा बसेर घरम आइन्।" सन् १९९२ को आम निर्वाचनमा जयललिताले पहिलो पटक जीत दर्ता गरिन् र राज्यपाल भीष्म नारायण सिंहले उनलाई पहिलो पटक मुख्यमन्त्री पदको सपथ ग्रहण गराए।
भीष्म नारायन सिंह बताउँछन्- "जयललिताजी जब सपथ ग्रहण गर्नका लागि मसँग भेट्न आइन् तब मलाई थाहा भइसकेको थियो कि उनलाई गाँजरको हलुवा मन पर्थ्यो। यसकारण मैले उनलाई जागँरको हलुवा बनाइदिए। मैले उनलाई भने तपाईको दृष्टिकोण राष्ट्रिय छ, यसकारण म आशा गर्छु कि तपाई कानुन र व्यवस्थाको मुद्दामा त्यही लाइन लिनुहुनेछ र एलटीटीई जस्तो पृथकतावादी संगठनलाई आफ्नो जग जमाउने मौका दिनुहुनेछैन।" "मेरो प्रति गनको मनमा यति सम्मान थियो कि उनी हरेक हप्ता कोशिश गर्थिन् कि राज्यपाललाई ब्रीफ गर्न। भारतमा कुनै पनि राज्यमा एसपीदेखि मुख्यसचिवको सरुवाको फाइल कहिल्यै पनि राज्यपालमा पठाइँदैन तर जब सम्म राज्यपालमा रहे, सरुवा र पदस्थापनको सबै फाइल मसम्म आइपुग्थ्यो।'
जयललिता अहिलेसम्म चार पटक तमिलनाडुकी मुख्यमन्त्री बनिसकेकी छन्। आफ्नो बलियो प्रशासनका लागि उनले सधै प्रशंसा पाएकी छन्। यस्तै उनलाई व्यक्तिवादी भएको र भ्रष्टाचारको आरोप लागेका छन्। वरिष्ठ पत्रकार एम आर नारायनस्वामी भन्छन्- "निकै राम्रो काम रह्यो यीनको। ध्यान दिने कुरा के हो भने ब्राम्हण जातिबाट आएकी हुन् र इनको जन्म कर्नाटकमा भएको हो। उनले जुन तरिकाले एआईडीएमके पार्टीमाथि आफ्नो नियन्त्रण जमाइन्, त्यसलाई एउटा ठूलो उपलब्धी मान्न सकिन्छ।"
"चाहे हामी उनलाई मन पराउँ या नपराउँ। यिनको प्रशासनमा धेरै कमी रहेका छन् तर धेरै उपलब्धी पनि छन्। जुन तरिकाले उनले सुनामीका क्रममा प्रशासन चलाएकी थिइन्, मानिस त्यसलाई आजपनि सम्झिरहेका छन्। यो फरक कुरा हो की जव गत वर्ष चेन्नईमा बाढी आएको थियो, तब उनको प्रशासन फेल भएको थियो।"
जयललिता सञ्चारमाध्यमसँग टाढा नै रहन्थिन्। उनलाई सन्की र मुडी भएको आरोप पनि लाग्ने गरेको छ। बीबीसीका लागि दिइएको एक अन्तर्वार्तामा उनले वरिष्ठ पत्रकार करण थापरको प्रश्न गर्ने शैलीबाट रिसाइन्। जब अन्तर्वार्ताको अन्त्यमा थापरले जयललितासँग कुरा गरेर खुसी भएको बताए तब जयललिताले भनिन्- "मलाई तपाईँसँग भेटेर कुनै पनि खुसी भएन। नमस्ते।"
१९९८ मा उनले वाजपेयी सरकारलाई समर्थन दिएकी थिइन्, तर जब उनले करुणानिधि सरकारलाई बर्खास्त गर्ने विषयमा कुनै काम गरेनन्, तब उनले समर्थन फिर्ता लिइन्। सन् २००२ मा जब मध्यरातमा करुणानिधिलाई पक्राउ गरियो तब उनलाई बदलाका कारण कारबाही गरेको आरोप पनि लागेको थियो।
नारायणस्वामी भन्छन्- "उनी बदलाको भावनामा काम गर्नेमा विश्वास गर्छिन्। उनी निकै मुडी छिन्, यसको अर्था आज वाजपेयीसँग हात मिलाइन्। भोली छोड्छिन्। आज सोनिया गान्धिसँग अंगालो हाल्छिन्, भोली भन्छिन् बकार हो। उनमा स्थायीत्वको अभाव एक ठूलो अवगुण हो। उनी ठूलो जमातको नेृत हुन्। उनलाई लाखौँ मानिसले मन पराउँछन्। तर उनले केही मानिस जसको राजनीतिमा कुनै वास्ता छैन उनीहरूलाई आफ्नो वरिपरी राखेकी थिइन्।"
उनले भने- "जुन तरिकाले उनले भान्जाको विवाह गराए, यसले उनलाई निकै बेफाइदा भको थियो। यसले यो कुरा प्रस्ट पारेको थियो कि उनी जुन विवाह गराउँदैथिइन्, ती राजनीतिमा वास्ता नभएका व्यक्ति हुन्। उनलाई यो कुराको ज्ञान छैन कि देश र तमिलनाडुमा कति गरिबी छ र मानिस कुन तरिकाले बाँचिरहेका छन्। राजनीतिमा रहेको यस्तो संकेतले बेफाइदा गर्छ।"
उनी जति अस्थिर भएपनि, मुडी भएपछि यो कुरालाई कसैले होइन भन्न सक्दैन कि उनी मजबुत नेता हुन् जसलाई मानिसले आफ्नो माया दिएका छन्। वासन्ती भन्छिन्- "उनको शक्ति नै हो उनी एक मजबुत नेतृ थिइन्। उनको पार्टीमा यति नियन्त्रण थियो कि अन्य मानिस उनको अगाडि डराउँथे। उनी आफ्नो मन्त्रीहरूसँग भेट्न चाहन्थिनन्। मानिसलाई सित्तैमा सामान बाड्ने नीतिले पनि उनलाई निखै लोकप्रिय बनाएको थियो। सित्तैमा ग्राइन्डर, सित्तैमा २० किलो चामल दिएपछि अर्थशास्त्रीहरूले निकै विरोध गरे, तर यसले महिलाहरूको जीवनस्तर उकास्न मद्दत गरेको थियो र उनले मानिसको मनमा आफ्नो स्थान बनाउन थालिन्।"
Comments