विचार

ओलियन राष्ट्रवादले जन्माएको मधेश मधेशीमाथिको आक्रमण कहिलेसम्म ?

माखे साङ्गलोदेखि कालो मधेसियासम्म...
- अनन्त अनुराग
नेकपा एमाले कम्युनिष्ट विचार र सिद्धान्त बोकेको पार्टी हो । कम्युनिष्ट विचार र सिद्धान्तको प्रमुख आधार भनेको वर्र्गीय र जातिय नै हुन् । वर्ग र जातको लागि कम्युनिष्ट विचार र सिद्धान्तहरु प्रायः अग्रनी पंक्तीमा रहेका हुन्छन् । विश्व भरीका कम्युनिष्ट पार्टीहरुको इतिहास पनि सोही विचार र सिद्धान्तको सेरोफेरोमा अगाडि बढेको देखिन्छ । 
नेपालमा समग्रमा हेर्दा कम्युनिष्टहरुको बाहुल्यता देखिन्छ, सामान्य रुपमा कम्युनिष्ट धेरै लामो समय एकै ठाँउमा जोडिएर बस्न नसक्ने विश्वव्यापी समस्या रहेको देखिन्छ । त्यही भएर संसारभरीमा कम्युनिष्ट विचार र सिद्धान्त विस्तारै कमजोर बन्दै गएको देखिन्छ । यस अर्थमा नेपालमा पनि कम्युनिष्ट विचार र सिद्धान्त दिनप्रति दिन कमजोर बन्दै गएको जानकारहरुको विश्लेषण रहेको छ । 
जब नेतृत्व पंक्ति विचार र सिद्धान्तबाट स्खलित हुन्छ तब उनमा आडम्बर उत्पन्न हुन्छ । उसले तब आफूभन्दा ठूलो विचार र सिद्धान्तको प्रतिपादक संसारमा कोही पनि नरहेको भ्रम उत्पन्न हुन्छ र हिजो बोकेको सिद्धान्त र विचारलाई लत्याउँदै आफनैलाई बैरी र शत्रु देख्न थाल्छन् । हेर्ने आँखाहरु फरक हुन थाल्छन् । अनि मन भित्रका कटुता एकपछि अर्काे गर्दै बाहिर आउन थाल्छन् । 
अहिले एमालेभित्रको ओलियन राष्ट्रबादले ग्रसित भएका एमाले पंक्तिका नेताहरु एकपछि अर्काे गर्दै आफ्नै देशका जनतालाई बैरी, शत्रु र विदेशी देख्न थालेका छन् । त्यसकै उपजको रुपमा पच्छिलो घटना हो, एमाले नेता शंकर पोखरेलले लेखेका मधेश र मधेशी जनताविरुद्धको रंगभेदी विचार । 
मधेशी, आदिवासी जनजाति, दलितविरुद्ध आफ्नो कुण्ठा पोख्ने पोखरेल पहिलो व्यक्ति भने होइन । एमालेभित्रका ओलियन राष्ट्रबादका भूत सवार भएकाहरुले यस्तो हर्कत बारम्बार गर्दै आएका छन् । 
एमालेभित्र एक तप्का छन् जसले मधेशीलाई कुनै पनि हालतमा अधिकार सम्पन्न बनाउनु हुन्न सबै कालो अनुहार भएका मधेशीहरु बोर्डर पारीबाट आएका बिहारी र भारतीय भएको ठान्छन् । सो तप्काको नेतृत्व वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । पच्छिलो समय ओलीको यही व्यवहार र कुण्ठाले ओलियन राष्ट्रबादको डक्टरिन भएको ठान्नेहरुको एक जमात तयार भएका छन् । 
ओलियन राष्ट्रबाद अधुरो अपुरो र देशलाई एकजुट राख्न नसक्ने मधेशी र पहाडी समुदायबीच फाटो ल्याउने केबल नारा भएको पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भटट्राईले बारम्बार भन्ने गरेका छन् । ओलीले त मधेशी जनताको आन्दोलनलाई माखें सांगलो, आन्दोलनको क्रममा आन्दोलनकारी मर्दै गर्दा एक÷दुई आँप झरेर केही फरक नपर्ने, सबै समथर भुभाग चाहिएमा युपि बिहार जाऊ, चन्द्रमा अधिकार चाहियो भन्दैमा त्यहाँ पनि मधेश प्रदेश दिने ? जस्ता कैयन पटक मधेशी जनताको अपमानित गरेका घटनाहरु मधेशी जनताको मानसपटलमा अझै पनि ताजै छन् । 
यस अघि २०६४ सालतिर तत्कालिन मधेशी मोर्चा र स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाबीच भएको ८ र २२ बुदें सहमतिलाई एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले राष्ट्रियताविरुद्धको सहमति भएको आरोप लगाउँदै विरोध जनाएका थिए । त्यसपछि उनले एक सार्वजनिक कार्यक्रममा बोल्दै मधेशीहरुले माग्दैमा धोती प्रदेश दिन नसक्ने भन्दै समग्र मधेशी समुदायलाई धोतीको संज्ञा दिएका थिए । 
जुन समय र सन्दर्भमा नेता पोखरेलको कुण्ठा बाहिर आएको छ, यसले प्रष्ट पारेको छ, एमाले मुलुकमा के चाहेको छ । नेता पोखरेलको ट्वीटपछि सामाजिक सन्जालमा उनको विरोध हुन थालेपछि उनले माफि माग्नु त कता हो कता उल्टै पुनः आफनो विचार सही भएको प्रस्टाउन खोजे भने पुनः अर्काे ट्वीट गरेर विश्व भरी अझै पनि रंगभेद रहेको पुष्टि गर्न खोजेका थिए । 
नेता पोखरेलले मधेशी दलहरुको आन्दोलन र मधेशी समुदायलाई जोडेर नयाँ संविधान घोषणा भएको दिनलाई कालो दिवसको रुपमा घोषणा गरेको मधेशी मोर्चातर्फ लक्षित गर्दै उनले मंगलबार विहानै ट्वीटरमा लेखेका थिए, ‘मधेशी जनता अधिकांश कालो वर्णका छन् । मधेशी मोर्चाले असोज ३ लाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्या कि अपमान । बुझ्न गाह्रो भो ।’
सामाजिक सन्जालमा उनको विरोध केवल मधेशी समुदायले गरेरन्, एमाले बाहेकका स्वतन्त्र युवा जगतले पनि उनको रंगभेदी व्यवहारले कडारुपमा प्रतिवाद गरेका छन् । 
एकल जातिय नश्लिय चिन्तन र महेन्द्र राष्ट्रवादले हेर्ने हो भने मधेशी दाजुभाईहरुलाई भारतीय वा बिहारी भन्न सकिन्छ । सीमा जोडिएको कारण मधेसी र भारतीबीच सामाजिक, सांस्कृतिक एकरुपता हुने नै भयो । मधेसको बिहार र उत्तरप्रदेशसँग भाषिक समानता त छँदै छ ।
के यस्तो सम्बन्ध हुनु भनेको भारतीय वा बिहारी हुनु हो ? दार्जिलिङका गहुँगोरा मानिसहरुलाई किन नेपाली नै भनिन्छ जब कि उनीहरु भारतीय नागरिक हुन् ?
शंकर पोखेलको अभिव्यक्ति बारे कुरा गर्दै मधेसी मोर्चाका नेता एवं तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मधेशमाथिको विदेभ पूर्ण रुपमा अन्त्य नभएसम्म शंकर पोखरेलहरुको पागलपन जारी रहने बताएका छन् । राज्यले भाषा, रंग र भेषका आधारमा मधेशमाथि विभेद गरेको उनको आरोप छ । 
त्यस्तै, राष्टिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले पनि आफ्नो सामाजिक सन्जालमा रंगभेदी पोखरेलको ट्वीटप्रति मार्मिक ट्वीट गरे उनले लेखे ‘‘मलाई गर्व छ कालो अनुहारको गोरो मनप्रति, तिरस्कार छ गोरो अनुहारको कालो मनप्रति, धिक्कार छ अपमानित भएर बस्ने गुलामहरु प्रति ।’’
नश्लवादी एकल जातीय चिन्तन
युवा स्तम्भकार दिल निशानी मगरले लेखेका छन्, जातीयता र बर्णले पाउने पहिचानको कुरा गर्दा देश बिखण्डन हुन्छ भनेर तर्क गर्ने एमाले नेताहरु किन यसरी देशलाई अस्थिर बनाउने कोशिष गर्दैछन् त्यो चासोको बिषय बनेको छ । साथै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जनजाति, मधेशीका मागबारे दिने अभिव्यक्ति त जग जाहेर नै छन् । माखे साङलो, माकाफूँई जस्ता अपमानजनक शब्द प्रयोग गर्न उहाँ माहिर हुनुहुन्छ । के ओली समुहको बफादार नेता हुँ भन्दैमा पोखरेलले तमाम मधेसी समुदायको भावनामाथि यसरी प्रहार गर्न मिल्छ रुयो रंगीय बिभेद, जातिय नश्लबादको संकृण सोच नभएर अरु के हो ? यो नवसामन्तबादको चरम उदाहरण नभएर हैन ? यो जातिबादी सोच नभएर अरु के हो र अ?

संसारमा कसरी शुरु भयो रंगभेद....
स्वतन्त्रता, सम्मान र समानता प्राप्तिका लागि २१ मार्च १९६० मा दक्षिण अफ्रिकाको सार्प भिल्लेमा ६९ जना ब्यक्तिहरुले आफ्नो ज्यान गुमाएका थिए । नेपालमा पनि गुमाएका छन् । र गुमाउने क्रम अझै जारी छ । जात र रंगको आधारमा गरिने विभेदले अफ्रिकी मुलुकमा ब्यापकता पाएको थियो र यसको असर विश्वभरि प¥यो । शंकर पोखरेलले अबरोध नगरेर नेपालमा बिभेदमा पारिएका समुदायको आन्दोलनले पनि अफ्रिकी मुलुकले जस्तै ब्यापकता पाउनेछ । 
गोराहरुले कालाहरू माथि गरिएको दमन, भेदभाब, अन्याय, शोषण, उत्पीडन र दासत्वलाई सहन नसकी यसको बिरोधमा हजारौ मानिसहरु एकै ठाउँमा भेला भई शान्तिपूर्ण तरिकाले जुलुस प्रदशन गरेका थिए । त्यसै बखत त्यहाँको प्रहरी प्रशासनले जुलुसमाथि अन्धाधुन्द गोली चलायो र गोली लागेर ८ जना महिला, १० बालबालिकासहित ६९ जनाले ज्यान गुमाएका थिए भने १८० जना घाइते भएका थिए । क्रुर दमनकारीहरुबाट यो ठूलो नरसंहारले त्यसबेला विश्व समुदायलाई नै स्तब्ध बनाएको थियो ।
अमेरिकालगायत अफ्रिकी मुलुकहरुमा गोरा जातिले काला जातिलाई अपमान र घिर्ण गर्ने दक्षिण एसियामा नेपाल र भारत मुख्य देशहरुमा उपल्लो जातिहरुले दलित जातिलाई घिर्णा र अपमान गर्ने चलन धेरै वर्षदेखि चल्दै आएको छ । अझै पनि जात र वर्णका आधारमा मान्छेले मान्छेमाथि गरिने विभेद, अन्याय र अत्यचारको अन्त्य हुन् सकेको छैन ।  
के नेपालमा पनि एमालले रंगभेदको भेषमा समुदायगत रुपमा फाटो ल्याउने योजना बनाएको हो ? सोच्नु पर्ने बेला आएको छ, युवा जमात यस्ता विषयमा सचेत हुनु आवश्यक छ । अझै अचच्म त के छ भने, एमालेभित्र रहेका सयौं मधेशी नेताहरु यस्ता रंगभेदको प्रतिबाद गरेको देखिएन, उनीहरु केवल एमालेका नेताहरुको गुलामी गर्नु बाहेक केही गर्न नसकेको लाचार र अपमानित भएर त्यहाँ बस्न बाध्य छन् ।