एजेन्सी–राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले दक्षिणी सुडानस्थित शान्ति बहाली आयोग (युएनएमआइएसएस)लाई अगस्ट १२ सम्म त्यहाँ सक्रिय रहन समादेश जारी गरेको छ । युनएनएमआइएसएसको कार्यकाल ३१ जुलाईसम्म मात्र तोकिएको थियो ।
मनिला– फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले आन्दोलनरत वामपन्थी विद्रोहीसँग सरकारले गरेको एकपक्षीय युद्धविराम भङ्ग भएको घोषणा गरेका छन् । उनले युद्धविराम भंग भएको जनाउँदै सुरक्षाकर्मीलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएका छन् ।
तेहरान- गत मङ्गलबार फ्रान्समा भएको धर्मगुरु हत्याकाण्डको इरानको विदेश मन्त्रालयले निन्दा गरेको छ । सिरियाको इस्लामिक स्टेट (आइएस) जिहादी समूहले एक १३ बर्षीय ेएक युवकलाई प्रयोगगरी सो हत्या गर्न लगाएको थियो । इरानको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले सो जानकारी दिएको छ ।
एजेन्सी– कुर्दिसहरुको बलियो प्रभाव रहेको सिरियाको उत्तरपूर्र्वी सहरमा दुई वटा बम आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । यस आक्रमणमा १७० भन्दाबढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक भएको हुनाले मृतक सङ्ख्या अझै बढ्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ ।
जापान । जापानको कानागावा जिल्ला अवस्थित एउटा अपाङ्ग स्याहार केन्द्रमा मङ्गलबार विहान एकजना बन्दुकधारी आक्रमणकारीले गरेको अन्धाधुन्द गोली प्रहारमा परी १९ जनाको मृत्यु भएको छ । साथै अन्य करीब ३० जना गम्भीर घाइते भएका छन् ।
एजेन्सी । टर्की एयरलाइन्सले आफ्ना २११ जना कर्मचारीलाई बर्खास्त गरेको छ । टर्कीमा भएको सैनिक विद्रोहमा हात रहेको आरोप लागेका एकजना कारिन्दा तहका कर्मचारी फतुल्लाह गुलेनसँग आवद्ध रहेको अशंकामा टर्की एयरलाइन्सले ती कर्मचारीहरूलाई जागीरबाट हटाएको बताइएको छ ।
वासिङ्गटन(एजेन्सी)– अमेरिकाको फ्लोरिडा राज्यमा आतङ्ककारी समूह इस्लामिक स्टेट (आइएस)सँग आवद्ध हुन खोज्ने तीन अमेरिकी नागरिकलाई नियन्त्रणमा लिइएको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार आतंकवादी समुह इस्लामिक स्टेटमा आवद्ध हुन खोजेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो ।
एजेन्सी । चीनको उत्तरी प्रान्त हेबेइमा परेको अविरलबर्षा र बाढीको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ७२ पुगेको छ । यस बर्षा र त्यसपछिको बाढीमा परी अन्य ७८ जना हराइरेहका नागरिक मामिला निकायले जानकारी दिएको छ ।
एजेन्सी– उत्तरी र मध्यचीनमा केही दिन यता परेको अविरल बर्षा र आँधीको कारण ४२ जनाको मृत्यु भएको छ भने ७४ जना वेपत्ता भएका छन् । बर्षाको कारण हजारौँ व्यक्ति विस्थापित भएको जनाइएको छ ।
टर्की । टर्की सरकारले सैन्य ‘कु’ को प्रयासमा संलग्न रहेको आरोपमा करिब ८ हजार सैन्य अधिकारीहरुलाई निलम्बन गरेको छ । साथै न्याय व्यबस्थासंग जोडिएका करिब छ हजार कर्मचारीलाई नियन्त्रणमा लिइएको छ ।